विद्यालयको माटो बेचेर भ्रष्टाचार, चार जनाविरुद्ध मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. ४ स्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयको हाताभित्र रहेको जमिनको माटो बेचेर भ्रष्टाचार गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
गैरकानूनी रुपमा उत्खनन गरी माटो स्थानीय इँटा उद्योगहरूलाई बिक्री गरी सार्वजनिक सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना, प्रधानाध्यापक सुरेन्द्र बहादुर बोहरा, न्यु भगवती इँटा उद्योगका मेनेजर राजेन्द्र बहादुर भाट र सिद्ध वैजनाथका प्रोपाइटर धनबहादुर विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
'आर्थिक वर्ष २०७६/०७७ मा र आ.व. २०७७/०७८ मा माटो उत्खनन गरी जमिन समथर र पोखरी निर्माण गर्दा तत्कालीन प्रदेश सरकारको आर्थिक ऐन, २०७६ को दफा ८ बमोजिमको अनुसूची-६ र सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७७ को दफा ८ बमोजिमको अनुसूची-६ ले तोके बमोजिमको करबापतको माटोको जम्मा रकम रु.७,२९,५१४.५० (सात लाख उनन्तीस हजार पाँच सय चौध रुपैयाँ पचास पैसा) बराबरको सरकारी रकम हिनामिना/हानि नोक्सानी गरेको पाइएको हुँदा उक्त भ्रष्टाचारजन्य कार्यमा संलग्न रहेका देहायबमोजिमका प्रतिवादीहरू उपर देहायबमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको छ', अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अख्तियारले राना र बोहरासँग सात लाख उनन्तीस हजार पाँच सय चौध रुपैयाँ पचास पैसा, भाटसँग ४ लाख ११ हजार ६०६ र विष्टसँग ३ लाख १७ हजार ९०८ रुपैयाँ ५० पैसा मागबादी गरिएको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण