फष्टलुकमा यस्तो देखियो फिल्म ‘नाङ्गो गाउँ’
काठमाडौँ । भदौको २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘नाङ्गो गाउँ’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरलाई राजनीतिक पृष्ठभूमीमा तयार पारिएको छ ।
हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो फिल्मलाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा जय श्रेष्ठ निर्माता, राम श्रेष्ठ कार्यकारी निर्माताको रुपमा रहेका छन् । फिल्ममा आलोक शुक्लाको छायांकन छ ।
दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका छ । फिल्मको पोष्टरमा यी सबै कलाकारहरुको साथमा शिशिर वाङ्देल, बुद्धि तामाङ, विशाल पहारी, रविन्द्र झा लगायतका कलाकारहरु पनि अटाउका छन् । फिल्ममा राज थापा, कमलमणी नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको पनि अभिनय हेर्न सकिन्छ ।
बनिष शाहको सम्पादन रहेको यो फिल्ममा एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । राजनीतिको कारणले एउटा गाउँमा कति ठूलो समस्या उत्पन्न हुँदैछ र त्यसले कस्तो प्रभाव पारेको छ भन्ने कथालाई फिल्मले प्रस्तुत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण