डडेल्धुरामा खहरेखोलाले बगाउँदा एक महिलाको मृत्यु
डडेल्धुरा । डडेल्धुरा गन्यापधुरामा खोलाले बगाउँदा ६२ वर्षीय एक वृद्धाको ज्यान गएको छ । गन्यापधुरा गाउँपालिका–४ को खारीखोला तर्ने क्रममा कुलेडी गाउँकी दुर्गा बोहराको ज्यान गएको हो ।
खोला तर्ने क्रममा बोहरा बेपत्ता भएकी थिइन् । बिहीबार दिउँसोदेखि गन्यापधुरालगायत डडेल्धुराका विभिन्न स्थानमा ठूलो वर्षा भएको थियो । वर्षाकै कारण खोला उर्लिएर आएको स्थानीयवासी लोकेन्द्र पनेरुले बताए ।
खोलाले बगाउँदा बेपत्ता भएको खबर स्थानीयवासीले प्रहरीलाई गरेका थिए । उनको खोजतलास गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । उनी बगेको स्थानबाट एक किलोमिटर तल शव फेला परेको प्रनाउ भट्टले बताए ।
आज दिउँसो २ः३० बजेको समयमा बोहरालाई खोलाले बगाएको प्रहरीले जनाएको छ । खारीखोला गन्यापधुरा गाउँपालिकाको सदरमुकामबाट पैदल एक घण्टाको दूरीमा पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण