बैतडीमा आफ्नै बाजेले कुटेर गम्भीर घाइते भएका दुई बालकमध्ये एकको मृत्यु
बैतडी । बैतडीको पुर्चौडी नगरपालिका– ६ मुडेलीधारमा आफ्नै बाजेको कुटपिटबाट गम्भीर घाइते भएका दुई बालकहरूमध्ये एकको मृत्यु गएको छ । कुटपिटबाट गम्भीर घाइते भएका मध्ये २ वर्षीय नाति रेसम साउदको डडेलधुरा अस्पतालमा उपचारका क्रममा गयराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता इन्स्पेक्टर लोकराज जोशीले बताए ।
अर्का घाइते रिजन साउदलाई पनि डडेलधुरामा उपचार हुन नसकेपछि हिजो रातीनै धनगढी रेफर गरिएको छ । उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ । बिहीबार बाजेको कुटपिटबाट स्थानीय दीपक साउदका २ वर्षीय छोरा रेसम साउद र ८ वर्षीय छोरा रिजन साउद गम्भीर घाइते भएका थिए ।
हेरचाह गर्न ५० वर्षीय गणेश साउदसँग छोडेर आमा र बजै घाँस काट्न गएको बेलामा साउदले नातिहरूलाई निर्घात कुटपिट गरेका थिए । आरोपित साउदको मानसिक अवस्था ठिक नभएको बुझिएको छ ।
कुटपिट गर्ने बाजे गणेश साउदलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय, पाटनमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण