मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

नास्पातीको बीउले कोमामा : स्याउको बीउले ज्यान लिन सक्छ, आलुबखडाको बीउ खतरनाक

शुक्रबार, २९ असार २०८०, ११ : १४
शुक्रबार, २९ असार २०८०

फिट हुन कसलाई मन पर्दैन । धेरै मानिसहरूले आफ्नो आहारमा विभिन्न बीउ पनि समावेश गर्छन् । यी बीउमध्ये केहि स्वास्थ्यका लागी राम्रो हुन्छन् भने तर केहि हानिकारक पनि हुन्छन् ।

सूर्यमुखी र खरबुजाको बीउ सहित केही यस्ता फलफूल र तरकारीहरू यस्ता पनि छन् जसको बीउले स्वास्थ्यमा हानी निम्त्याउँछ । त्यसैले गल्तीले पनि यो नखाएको राम्रो ।

भारतका आयुर्वेदाचार्य डा. सिद्धार्थ सिंहले यस्ता फलफूल र तरकारीबारे जानकारी दिइरहेका छन्, जसको बीउले स्वास्थ्यका लागि नकारात्मक असर गर्न सक्छ । 

स्याउको बीउ निल्यो भने हुनसक्छ मृत्यु

स्याउ यस्तो फल भएको जुन धेरैलाई मन पर्छ । तर यो खाने बेला धेरैले यसको बीउ निल्छन् । स्याउको एक दुई वटा बीउ खाँदा केही समस्या त हुँदैन तर धेरै मात्रामा यो निल्नुभयो भने निकै खतरनाक हुनसक्छ । स्याउको बिउमा साइनाइड हुन्छ । धेरै मात्रामा स्याउको बीउ खाँदा पेटमा ऐँठन हुने, रिँगटा लाग्ने हुनसक्छ । कतिपय अवस्थामा मृत्युसमेत हुनसक्छ ।

नास्पातीको बीउ स्वास्थ्यको दुस्मन

नास्पातीको बीउ पनि स्याउको बीउजस्तै स्वास्थ्यका लागि खतरनाक हुन्छन् । यी बीउमा साइनाइड पाइन्छ । त्यसैले गल्तीपूर्वक यो खाँदा पेट दुख्ने, बान्ता हुने हुनसक्छ । नास्पातीको बीउ धेरै खानुभयो भने पसिना आउन थाल्छ, थकाई लाग्छ र पेट उमठ्न थाल्छ । कतिपटक त कोमामा समेत पुग्ने खतरा हुन्छ ।

आरुको बीउ खाँदा कमजोरी

आरुको बीउ पनि खानु हुँदैन । यसमा एमिग्डालिन र साइनोजेनिक ग्लाइकोसाइडजस्ता विषालु तत्त्व पाइन्छन् । यो खाँदा डर लाग्ने, पेट दुख्ने र कमजोरी हुन सक्छन् । कतिपटक त मानिस कोमामा समेत जान सक्छन् । त्यसैले आरुको बीउ पनि नखानुहोस् ।

खुर्पानीको बीउले कोमामा पुर्याउन सक्छ

खुर्पानीको बीउ स्वास्थ्यका लागि विष समान हुन्छ । यी बीउमा टक्सिन साइनोजेनिक ग्लाइकोसाइड र एमिग्डालान पाइन्छन् । यसलाई धेरै मात्रामा खाँदा आरुको बीउले झैँ समस्या निम्त्याउन सक्छ । शरीरमा कमजोरी हुने गर्छ । डर लाग्न सिक्छ । गल्तीले धेरै मात्रामा खाँदा बिरामी कोमामा जाने खतरा पनि निम्तिन सक्छ ।

बयरको बीउले पनि हानी

हुन त बयरको बीउ बलियो हुन्छ, यसलाई खान सजिलो हुँदैन । तर तपाईंले के कुरा ध्यान दिनुपर्छ भने तपाईंले गल्तीले पनि बयरको बीउ खानुभयो भने यसले पेटमा गएर विभिन्न समस्या निम्त्याउन सक्छ ।

आलुबखडाको बीउ खतरनाक

आलुबखडा बच्चा, बुढा सबैलाई मनपर्छ । तर यसको बीउ निल्नुहुँदैन भन्ने कुरा तपाईंले थाहा पाउनुपर्छ । यसको बीउमा यस्ता थुप्रै पोषक तत्त्व पाइन्छ जसले स्वास्थ्यलाई गम्भीर क्षति पुर्याउन सक्छ । आलुबखडाको बीउ खाँदा डर लाग्ने, पेट दुख्ने, कमजोरी हुनसक्छ । यसमा एमिग्डालिन र साइनोजेनिक ग्लाइकोसाइड र हाइड्रोजन साइनाइड पाइन्छ जसले शरीरमा विषको काम गर्छ ।

खरबुजाको बीउ धेरै खायो भने बारम्बार जानुपर्नेछ शौचालय

खरबुजाको बीउले सुगर नियन्त्रण गर्छ । यस्तोमा जसको ब्लड सुगर पहिला नै कम छ, उनीहरुले खरबुजाको बीउ खानु हुँदैन । खरबुजाको बीउमा ड्युरेटिक प्रभाव पाइन्छ, जसका कारण बारम्बार पिसाब फेर्न जानुपर्ने हुनसक्छ ।

फर्सीको बीउले तौल बढाउँछ

फर्सीको बीउमा एन्टिअक्सिडेन्ट भरपुर हुन्छ । यसले रक्तचापलाई कम गर्छ । फर्सीको बीउमा फाइबरको मात्रा बढी हुन्छ जुन धेरै खाँदा झाडा लाग्ने, पेट दुख्ने, ऐँठन, सुन्निने सम्भावना बढ्छ । यसबाहेक यसमा फ्याटी ओयल पनि हुन्छ । यसले पेटमा ऐँठन हुन्छ । १०० ग्राम फर्सीको बीउ खाँदा शरीरमा ५०० भन्दा पनि बढी क्यालोरी बढ्छ । गर्भवती र स्तनपान गराउने महिलाले यो खानु हुँदैन ।

कटहरको बीउले हानी

कटहरको बीउमा केही यस्ता तत्त्व पनि हुन्छन् जुन शरीरका लागि हानिकारक हुन्छन् । जस्तै टेनिन, ट्राइप्सिन । यो तत्त्वले शरीरमा केही विशेष पोषक तत्त्वलाई अवशोषित गर्नबाट रोक्छ । त्यसैले कटहरको बीउ पनि नखानुहोस् । यदि कटहरको बीउलाई उसिन्नुहुन्छ वा भुट्नुहुन्छ भने यी एन्टी न्युट्रियन्ट्स नष्ट हुन्छन् र त्यसपछि यी खान लायक हुन्छन् । 

गोलभेँडाको बीउ विषालु

पेटसँग सम्बन्धित समस्या छ भने गोलभेँडाको बीउ खानबाट जोगिनुहोस् । यसले मिर्गौला पत्थरी भएका बिरामीको समस्या बढाउन सक्छ । गोलभेँडाको बीउमा भएको अक्सालेट तत्त्वले मिर्गौलामा क्याल्सियमलाई धेरै मात्रामा जम्मा गरेर बिस्तारै स्टोनमा परिवर्तन गर्छ ।

गोलभेँडाको बीउ खाँदा डायवर्टीकुलिटिसको खतरा पनि बढ्छ  । जसले आन्द्रा सुन्निन सक्छ । गोलभेँडाको प्रकृति अम्लीय हुन्छ जसका कारण यसले छाती पोल्ने समस्या निम्त्याउन सक्छ र पाचन तन्त्रमा पनि यसले नकारात्मक असर पुर्याउन सक्छ । 

सूर्यमुखीको बीउले स्वास्थ्यलाई बिगार्छ

आवश्यकताभन्दा बढी सूर्यमुखीको बीउ खाँदा रक्तचाप बढ्न सक्छ किनभने यसमा सोडियमको मात्रा बढी हुन्छ । जसलाई एलर्जीका साथै दमको समस्या छ भने उनीहरुले सूर्यमुखीको बीउबाट टाढै बस्नुपर्छ । सूर्यमुखीको बीउमा फस्फोरसको मात्रा पनि पाइन्छ । शरीरमा फस्फोरसको मात्रा बढ्दा मिर्गौलालाई हानी हुनसक्छ । 

सूर्यमुखीको बीउ धेरै खाँदा पाचन सम्बन्धी समस्या निम्त्याउन सक्छ । यसले बान्ता हुने, रिँगटा लाग्ने लगायतका समस्या निम्त्याउँछन् । गर्भवती र स्तनपान गराइरहेका महिलाले सूर्यमुखीको बीउबाट टाढै बस्नुपर्छ । 

– दैनिक भास्कर

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप