विधेयक पारित गर्न एमालेले मत विभाजन मागेपछि फेरियो कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा विधेयक पारित गर्न मत विभाजनमा जानुपर्ने एमालेको अडानपछि आजको बैठकको कार्यसूची हेरफेर गरिएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा यसअघि ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ विधेयक पारित गर्ने कार्यसूची तय गरिएको थियो । सो विधेयक पारित गर्ने हो भने मत विभाजनबाट पारित गर्नुपर्ने एमालेले अडान राखेको छ ।
प्रतिनिधसभाको बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुसँगको बैठकमा एमालेको अडानपछि सो विधेयकमाथिको कार्यबाही आजको कार्यसूचीबाट हटाइएको छ । त्यसलाई आइतबारको बैठकको कार्यसूचीमा राखिने भएको छ । विधेयक पारितका लागि एमालेले मतविभाजन माग्ने भएपछि सत्तापक्ष दलले आफ्ना सबै सांसदहरुलाई अनिवार्य रुपमा आइतबारको बैठकमा उपस्थित गराउने भएका छन् ।
आजको बैठकमा लागि विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई कार्यसूचीमा राखिएको जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए । एमालेले मत विधेयक पारितका लागि मत विभाजन मागेपछि सत्तापक्षका सचेकतहरुले बजेट पारितका लागि मत विभाजन माग्नु ठीकै भएपनि प्रत्येक विधेयक पारितका लागि मत विभाजन नमाग्न आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कांग्रेसको मधेस प्रदेश सरकार नेतृत्वमा दाबीदेखि, कोरोनाको जोखिमसम्म
-
आलम सफाइ प्रकरण र पतञ्जली जग्गा प्रकरणमा युवराज सफलकाे दुई छुट्टाछुट्टै उजुरी
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा
-
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन: महामन्त्री थापा