१२ करोड सम्पत्ति भएका यी हुन् विश्वकै धनी ‘भिखारी’
सडकमा मागेर दिन बिताउने एक ‘भिखारी’ लाई ‘विश्वकै सबैभन्दा धनी माग्ने’ को संज्ञा दिइएको छ । मुम्बईको सडकमा हात फैलाएर बस्ने एक भारतीय पुरुषलाई १२ करोड बढी सम्पत्ति सहित सबैभन्दा धनी माग्ने घोषित गरिएको हो ।
धेरैजसो भिखारीले केही पैसा जोहो गर्न दिनभरि सडकमा मागेर बस्नुपर्छ तर भरत जैनले भने हात फैलाएर मात्रै पनि दिनको २ हजार देखि २५ सय भारु जम्मा गर्ने गर्छन् । जैनले मुम्बईको छत्रपाटी शिवजी महाराज टर्मिनल रेलवे स्टेसन, आजाद मैदानजस्ता मानिसको आवतजावत बढी हुने स्थानमा निकै वर्षदेखि माग्दै आएका छन् ।
अहिले भरत जैनले राम्रै पैसा जम्मा गरिसकेका छन् । उनको कूल सम्पत्ति ७.५ करोड भारु (१२ करोड रुपैयाँ) रहेको छ । उनीसँग मुम्बईमा लगभग दुई करोडको दुई बेडरुम भएको फ्ल्याट छ । यसका साथै उनीसँग थानेमा दुई वटा पसल पनि छ । त्यसको भाडा प्रति महिना ३० हजार भारु आउँछ ।
उनको मासिक आम्दानी ९६ हजार रुपैयाँ अनुमान गरिएको छ जुन जागिरेहरूले कमाउनेभन्दा निकै धेरै हो ।
इकोनोमिक टाइम्सका अनुसार भरत जैनले पढेका छैनन् । आफ्नो गर्जो उनले मागेरै टार्ने निधो गरे । उनका सन्तानले भने उनको पदचाप पछ्याएनन् ।
भरत जैनका सन्तान सबैले आफ्नो शिक्षा पूरा गरिसकेका छन् र जागिर खाइसकेका छन् । जैनको परिवारले उनलाई माग्न छोड्न धेरै पटक भनिसकेका पनि छन् तर उनी प्रत्येक दिन बाटोमा माग्न बस्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण