अमेरिकी सहायक विदेशमन्त्री डोनाल्डले भेटे कांग्रेस सभापति देउवालाई
शुक्रबार, २९ असार २०८०, १६ : ३३
काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा आएका विदेशमन्त्री लु सभापति देउवालाई भेट्न शुक्रबार दिउँसो धुम्बाराहीस्थित देउवाको निवासमा पुगेका हुन् ।
सभापति देउवाले सहायक विदेशमन्त्री लुसँग भेटघाट फलदायी भएको ट्वीटरमार्फत जानकारी दिएका छन् । नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा आफूहरूबीच रचनात्मक छलफल भएको देउवाको भनाइ छ।
नेपालमा शान्ति, लोकतन्त्र र विकास प्रबर्द्धनमा अमेरिकी सरकार र सहायक विदेशमन्त्री लुले गर्दै आएको अटल सहयोगका लागि देउवाले धन्यवाद व्यक्त गरे । एकदिने नेपाल भ्रमणको क्रममा लुले प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण