पार्टी सशक्त बनाउने विषयमा छलफल गर्न चन्द निवासमा राप्रपाका नेता
शुक्रबार, २९ असार २०८०, १६ : ५४
काठमाडौँ । राप्रपाका शीर्ष नेताहरुले सो पार्टीका संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसँग भेटवार्ता गरेका छन् ।
चन्द निवास लोकन्थलीमा शुक्रबार भएको भेटवार्तामा राप्रपा निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, राप्रपा वरिष्ठ नेता एवं अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी, राप्रपा वरिष्ठ नेता हरिबहादुर बस्नेतलगायतका नेता सहभागी थिए ।
नेताहरुबीच राप्रपालाई जनतामाझ मजबुत रुपमा स्थापित गराउँदै सशक्त ढंगले अगाडि बढाउनेबारे छलफल भएको राप्रपाका केन्द्रीय सदस्य जनराज पाठकले जानकारी दिए । नेता चन्द राप्रपामै रहेपनि पछिल्लो समय सक्रिय छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण