पार्टी सशक्त बनाउने विषयमा छलफल गर्न चन्द निवासमा राप्रपाका नेता
शुक्रबार, २९ असार २०८०, १६ : ५४

काठमाडौँ । राप्रपाका शीर्ष नेताहरुले सो पार्टीका संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसँग भेटवार्ता गरेका छन् ।
चन्द निवास लोकन्थलीमा शुक्रबार भएको भेटवार्तामा राप्रपा निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, राप्रपा वरिष्ठ नेता एवं अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी, राप्रपा वरिष्ठ नेता हरिबहादुर बस्नेतलगायतका नेता सहभागी थिए ।
नेताहरुबीच राप्रपालाई जनतामाझ मजबुत रुपमा स्थापित गराउँदै सशक्त ढंगले अगाडि बढाउनेबारे छलफल भएको राप्रपाका केन्द्रीय सदस्य जनराज पाठकले जानकारी दिए । नेता चन्द राप्रपामै रहेपनि पछिल्लो समय सक्रिय छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा
-
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन: महामन्त्री थापा
-
शान्तीश्री परियार र धिरज कोइरालाको स्वरमा ‘सिङ्गै जोबन दिन्छु’ सार्वजनिक
-
पर्सामा आगलागीबाट घरगोठ जले