एकीकृत समाजवादीको सचिवालय बैठक भोलि पुनः बस्ने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक भोलि पुनः बस्ने भएको छ ।
शुक्रबार र शनिबार दुई दिनका लागि बोलाइएको बैठकमा शुक्रबार सात जना नेताहरुले आफ्नो धारणा राखेका छन् । शनिबार अन्य नेताहरुले धारणा राख्ने पार्टीले जनाएको छ ।
शुक्रबार धारणा राख्ने नेतामा उपाध्यक्षहरु राजेन्द्र पाण्डे, बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केशवलाल श्रेष्ठ, जयन्ती राई र सचिवालय सदस्य रामचन्द्र झा रहेका छन् ।
दुई दिनसम्म चल्ने बैठकमा पार्टीको संगठन सुदृढीकरणका विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् । यस्तै वर्तमान परिस्थिति र पार्टीको कार्यभारका बारेमा पनि छलफल भइरहेको छ ।
यस्तै बैठकमा आगामी कामको विस्तृत योजना, कामको उद्देश्य, प्राथमिकता, कार्ययोजना, कार्यविभाजन र कमिटीमा समायोजन तथा थपघट, जनसंगठन युवा र विद्यार्थी र विभागहरुको कामको व्यवस्थापन नेताहरुले आफ्नो धारणा राखिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण