एकीकृत समाजवादीको सचिवालय बैठक भोलि पुनः बस्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक भोलि पुनः बस्ने भएको छ ।
शुक्रबार र शनिबार दुई दिनका लागि बोलाइएको बैठकमा शुक्रबार सात जना नेताहरुले आफ्नो धारणा राखेका छन् । शनिबार अन्य नेताहरुले धारणा राख्ने पार्टीले जनाएको छ ।
शुक्रबार धारणा राख्ने नेतामा उपाध्यक्षहरु राजेन्द्र पाण्डे, बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केशवलाल श्रेष्ठ, जयन्ती राई र सचिवालय सदस्य रामचन्द्र झा रहेका छन् ।
दुई दिनसम्म चल्ने बैठकमा पार्टीको संगठन सुदृढीकरणका विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् । यस्तै वर्तमान परिस्थिति र पार्टीको कार्यभारका बारेमा पनि छलफल भइरहेको छ ।
यस्तै बैठकमा आगामी कामको विस्तृत योजना, कामको उद्देश्य, प्राथमिकता, कार्ययोजना, कार्यविभाजन र कमिटीमा समायोजन तथा थपघट, जनसंगठन युवा र विद्यार्थी र विभागहरुको कामको व्यवस्थापन नेताहरुले आफ्नो धारणा राखिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कांग्रेसको मधेस प्रदेश सरकार नेतृत्वमा दाबीदेखि, कोरोनाको जोखिमसम्म
-
आलम सफाइ प्रकरण र पतञ्जली जग्गा प्रकरणमा युवराज सफलकाे दुई छुट्टाछुट्टै उजुरी
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा
-
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन: महामन्त्री थापा