अवैध टहरा हटाउन खोज्दा त्रिविमा तालाबन्दी, तस्बिरहरु
काठमाडौँ । झण्डै एक महिनादेखि त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरिएको छ । त्रिवि क्षेत्रमा रहेको अवैध टहराहरू हटाउन खोज्दा तालाबन्दी गरिएको हो ।
टहरा निर्माण गरी व्यापार व्यवसाय गर्दै आएकाहरूले तालाबन्दी गरेका हुन् ।
उनीहरूले उपकुलपति कार्यालय, रेक्टर कार्यालय र रजिस्ट्रार कार्यालयमा तालाबन्दी गरेका हुन् । त्रिवि उपकुलपति धर्मकान्त बास्कोटाले विना टेण्डर जग्गा भाडामा दिनुपर्ने माग राख्दै तालाबन्दी गरिएको बताए ।
त्रिवि क्षेत्रको ७ रोपनी जग्गामा १५/२० टहरा छन् । जसमा उनीहरूले क्यान्टिन, पुस्तक पसल तथा फलफूल पसल सञ्चालन गर्दै आएका छन् ।
उक्त जग्गा सित्तैमा प्रयोग गर्दै आएकाहरूले तालाबन्दी गरेको उपकुलपति बाँस्कोटाले बताए । त्रिविले उक्त अवैध टहरा तथा पसल हटाउन ७ जेठमा सूचना जारी गरेको थियो ।
तर, टहरा बनाएर व्यापार गर्दै आएकाहरूले सूचना जारी गरेको भोलिपल्टबाटै तालाबन्दी गरेका हुन् । उक्त क्षेत्रलाई खाली गराएर त्रिविले टेन्डरमार्फत क्यान्टिन लगायतका पुस्तक पसल सञ्चालन गर्ने तयारी गरेको थियो ।
त्रिविले विद्यार्थी नेताहरूको आडमा ताला लगाइएको जनाएको छ । तर, ताला लगाउनेहरूले भने त्रिविले सस्तोमा भाडामा दिन लागेको भन्दै त्यसको विरोधमा ताला लगाइएको बताएका छन् । तालाबन्दीपछि त्रिविको प्रशासनिक कार्य ठप्प बनेको छ ।
लामो समयदेखि तालाबन्दीको मारमा परेको त्रिवि केही महिनायता भने ताला लगाइएको थिएन । यसअघि विभिन्न विद्यार्थी संगठनहरूले ताला लगाउँदै आएका थिए । तर, यो पटक भने फ्रीमा जग्गा लिएर टहरा निर्माण गर्नेहरूको आडमा त्रिविकै विद्यार्थीहरूले लगाएको त्रिविको भनाई छ ।
त्रिविले तालाबन्दीका विषयमा गृहमन्त्री र प्रधानमन्त्रीलाई समेत जानकारी गराइसकेको छ । तालाबन्दीका कारण असार १२ गत त्रिविको वार्षिकोत्सव पनि त्रिवि स्मृति भवनमा आयोजना गरिएको थियो ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोडियो संवादहीनता, ‘पीएमको जबाफ’ विपक्षीको बटमलाइन बन्दा खुलेन संसद्
-
सुदूरपश्चिम सरकारमा कांग्रेसले टुङ्ग्यायो मन्त्रीका नाम, आजै शपथ
-
वीरगन्जका मेयर राजेशमान सिंह निलम्बनमा
-
६ महानगरले पाए पौने १२ अर्ब अनुदान, पोखरालाई सबैभन्दा धेरै, कसले कति पाए ?
-
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण