एमाले अध्यक्ष ओली र अमेरिकी सहायकमन्त्री लुबीच भेटवार्ता
शुक्रबार, २९ असार २०८०, २० : ०९
काठमाडौँ । नेपाल भ्रमणमा रहेका दक्षिण र मध्य एसिया मामिला सम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा अध्यक्ष ओलीसँग शिष्टाचार भेट गर्दै सहायक विदेशमन्त्री लुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को परियोजना कार्यान्वयन हुँदै गरेको भन्दै सम्झौताका लागि धन्यवाद व्यक्त गरेको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।
भेटमा एमाले उपमहासचिव विष्णु रिमाल, एमाले विदेश विभागका प्रमुख भट्टराई र सचिव अन्जान शाक्य पनि सहभागी थिए । लुले शुक्रबारै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,कांग्रेस सभापति शेरबहादुर देउवा, पररारष्टमन्त्री एनपी साउद लगायतसँग पनि भेटवार्ता गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण