वेस्ट इन्डिजविरुद्ध भारतको शानदार जीत
शनिबार, ३० असार २०८०, ०६ : २०
रोसेउ । भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा शानदार जीत हासिल गरेको छ । भारतले घरेलु टोलीलाई १ इनिङ्स र १ सय ४१ रनको विशाल अन्तरले हराएको हो ।
दोस्रो पालीमा वेस्ट इन्डिज मात्र १ सय ३० रनमा सीमित बन्यो । रवीचन्द्रन आश्विनले ७ विकेट लिएपछि वेस्ट इन्डिजको पाली धराशायी बनेको थियो । त्यस्तै रवीन्द्र जडेजाले २ तथा मोहम्मद सिराजले १ विकेट लिए । वेस्ट इन्डिजका लागि एलिक अथान्जेले सर्वाधिक २८ रन बनाए भने जेसन होल्डर २० रनमा नटआउट रहे । टोलीले पहिलो पालीमा पनि १ सय ५० रन बनाउन सकेको थियो ।
प्लेयर अफ द म्याच घोषित युवा खेलाडी यशश्वी जैसवालले डेब्यूमा बनाएको १ सय ७१ रनको मद्दतले भारतले पहिलो पालीमा ४ सय २१ रन बनाएर पाली समाप्तिको घोषणा गरेको थियो । त्यस्तै, कप्तान रोहित शर्माले १ सय ३ रन बनाएका थिए भने विराट कोहलीले ७६ रनको योगदान दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण