अमेरिकी सहायक विदेशी मन्त्रीको नेपाल भ्रमणलाई लिएर भीम रावलले उठाए प्रश्न
शनिबार, ३० असार २०८०, ०९ : २०
१
काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसी कार्यान्वयनका लागि भएको अमेरिकी चासोका बारेमा टिप्पणी गरेका छन् ।
अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लुले शीर्ष नेताहरूलाई भेट्दै एमसीसी कार्यान्वयनबारे चासो राखेकोमा रावलले आपत्ति पनि जनाएका छन् ।
‘एमसीसी नेपालको हितमा नेपालकै आयोजना भएको भए त्यसलाई लिनै पर्छ भनी अमेरिकीहरूले कहिले धम्की दिने र तारन्तार कार्यान्वयनका लागि नेपाल आई सबै ठुला दलका नेतालाई भेट्नुपर्ने किन ?’ रावलको प्रश्न छ ‘अमेरिकी सहायक मन्त्री आउँदा प्रमदेखि ठुला दलका नेताहरूले भेटवार्ता गर्नै पर्ने कुराको रहस्य के हो ?’
सहायक विदेश मन्त्री डोनाल्डले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण