शनिबार, २७ वैशाख २०८२
ताजा लोकप्रिय

एमाले कर्णालीको सचिवमा टेकराज पछाई

शनिबार, ३० असार २०८०, २० : ४५
शनिबार, ३० असार २०८०

सुर्खेत। नेकपा एमालेको‌ कर्णाली प्रदेश कमिटीको सचिवको जिम्मेवारी टेकराज पछाईले पाएका छन्। आज बसेको नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकले युवा नेता पछाईलाई जिम्मेवारी प्रदान गरेको हो। यसअघि सचिव कमल शाही थिए भने पछाई उपसचिव थिए ।

जुम्ला (ख) बाट कर्णाली प्रदेशसभामा निर्वाचित पछाई‌‌ एमाले संसदीय दलको प्रमुख सचेतक समेत हुन् । एमाले कर्णाली प्रदेशको अधिवेशन भदौ २९ र ३० गते गर्ने निर्णय प्रदेश कमिटीले गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप