बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा करेन्ट लागेर एक वृद्धको मृत्यु

शनिबार, ३० असार २०८०, २२ : २१
शनिबार, ३० असार २०८०

रौतहट । रौतहटको परोहा नगरपालिकामा विद्युतीय करेन्ट लागेर एक वृद्धकाे मृत्यु भएको छ । वडा नम्बर ४ लौकाहाका ७३ वषीय शेख तैयवको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै धान खेतमा विद्युतीय मोटरबाट पानी सिञ्चाई गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

करेन्ट लागेर धानखेतमै छटपटिएर तैयवको मृत्यु भएको स्थानीयहरुले बताएका छन् । मृतक तैयर नगरप्रमुख शेख वकिलका ठूलो दाजु हुन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी उमाशंकरप्रसाद यादवले करेन्ट लागेर तैयवको मृत्यु भएको पुष्टि गरेका छन्।

मृतक तैयवको आइतवार बिहान ९ बजे मुस्लिम रितीरिवाजअनुसार अन्तिम संस्कार गरिने उनको परिवारले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप