रौतहटमा करेन्ट लागेर एक वृद्धको मृत्यु
शनिबार, ३० असार २०८०, २२ : २१
रौतहट । रौतहटको परोहा नगरपालिकामा विद्युतीय करेन्ट लागेर एक वृद्धकाे मृत्यु भएको छ । वडा नम्बर ४ लौकाहाका ७३ वषीय शेख तैयवको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै धान खेतमा विद्युतीय मोटरबाट पानी सिञ्चाई गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।
करेन्ट लागेर धानखेतमै छटपटिएर तैयवको मृत्यु भएको स्थानीयहरुले बताएका छन् । मृतक तैयर नगरप्रमुख शेख वकिलका ठूलो दाजु हुन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी उमाशंकरप्रसाद यादवले करेन्ट लागेर तैयवको मृत्यु भएको पुष्टि गरेका छन्।
मृतक तैयवको आइतवार बिहान ९ बजे मुस्लिम रितीरिवाजअनुसार अन्तिम संस्कार गरिने उनको परिवारले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण