दक्षिण कोरियामा भारी वर्षा र बाढी, मृत्यु हुनेको संख्या २२ पुग्यो
सोल । दक्षिण कोरियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै १४ जना बेपत्ता भएको अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । दक्षिण कोरिया आफ्नो ग्रीष्मकालीन मनसुनको मौसमको चरमोत्कर्षमा छ र विगत तीन दिनदेखि भारी वर्षा भइरहेको छ । बर्षाका कारण व्यापक बाढी र पहिरो निम्त्याएको छ ।
भारी बर्षाका कारण यहाँको एक प्रमुख बाँधको माथिल्लो भागमा पानीको सतह चढेको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार भारी वर्षाका कारण २२ जनाको मृत्यु भएको छ भने अन्य १४ जना हराइरहेका छन् ।
बाढीका कारण मृत्यु हुने १६ जना र बेपत्ता नौ जनासहित अधिकांश उत्तरी ग्योङसाङ प्रान्तका बासिन्दा रहेका छन् । यहाँ मुख्य कारण पहाडी क्षेत्रमा आएको ठूलो पहिरोका कारण घरभित्र रहेका मानिसहरू पुरिएका छन् ।
योन्हाप समाचार संस्थालाई एक आपतकालीन उद्धारकर्ताले बताएअनुसार अति प्रभावित क्षेत्रमा घरहरू सग्लै बगेका थिए ।” गोसान बाँधमा पानीको बहाव बढ्न थालेपछि गोसान काउन्टीका छ हजार ४०० भन्दा बढी बासिन्दालाई शनिबार बिहानै खाली गर्न आदेश दिइएको गृह मन्त्रालयले जनाएको छ ।
उत्तरी ग्योङसाङ प्रान्तमा बर्षा र बाढीका कारण बेपत्ता भएकामध्ये अधिकांशलाई नदीले बगाएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण