ग्रोसरी स्टोरमा केही नकिनी फर्किनेले शुल्क तिर्नुपर्ने
एउटा ग्रोसरी स्टोरले केही पनि नकिनी फर्किनेलाई शुल्कको घोषणा गरिएको छ । बार्सिलोनास्थित एक ग्रोसरी स्टोरले यस्तो निर्णय गरेको हो । क्यिुभियुरेस मुरिया नामको यो ग्रोसरी स्टोरका मालिकले केही नकिनी घुमिराख्ने र फोटो खिच्ने मानिसलाई ५ युरो अर्थात् लगभग ७५० रुपैयाँ शुल्क लिइने जानकारी दिए ।
क्यिुभियुरेस मुरिया सन् १८९८ देखि सञ्चालनमा आइरहेको छ । यसलाई बार्सिलोनाको निकै राम्रो ग्रोसरी सप बताइन्छ । स्टोरको भिन्टेज लुक र दराजका पारम्परिक डिजाइनले प्रत्येक दिन थुप्रैलाई आकर्षित गर्छ तर एउटा समस्या के छ भने यहाँ आउने धेरै जनालाई बिक्रीका लागि राखिएको सामग्रीमा कुनै रुचि छैन । यो स्टोरमा पारम्परिक ससेज, चिज, तेल, वाइन इत्यादि राखिएका छन् ।
यहाँका व्यवस्थापकमध्ये एकले स्टोरमा आउने धेरै मानिसप्रति असन्तुष्टि व्यक्त गर्दै भने, ‘केही मानिसहरू स्टोर भित्र प्रवेश गर्दा साधारण ‘हेलो’ समेत भन्दैनन् । उनीहरू फोटो खिच्नकै लागि सबैतिर डुल्छन् । त्यसपछि केही पनि नकिनी निस्कन्छन् । त्यसैले हामीले यस्ता मानिसका लागि शुल्क लिने निर्णय गरेका छौँ ।’
व्यवस्थापक टोनी मेरिनोले भने, ‘यहाँ आउने प्रायः धेरैले त्यस्तै गर्न थाले त्यसैले यहाँको कर्मचारी भएको नाताले हामीले दुःख पाएका छौँ ।’
मेरिनो र आफ्ना पार्टनरले वास्तवमा यस्तो गर्न नचाहेको तर पछिल्लो समय यसका कारण समस्या नै निम्तिए पछि आफूहरू बाध्य भएको बताएका छन् । ‘विन्डो सप’ का लागि ५ युरो शुल्क तोकेपछि नचाहिने आगन्तुक यत्तिकै कम भएको उनीहरुले बताएका छन् । अहिले, त्यहाँ आउने सबैले केही न केही किनेकै हुन्छन् ।
५ युरो शुल्कको घोषणा गरिएको सूचना टाँसेको फोटो यस महिनाको सुरुमा सोसल मिडियामा भाइरल भएको थियो । यसो गरेका कारण धेरैले यो स्टोरको आलोचना पनि गरे । व्यवस्थापनले आफूले यस्तो गर्नुको विवरण पेससमेत गर्नुपर्यो । तर जे भए पनि यो कदमले स्टोरमा अनावश्यक मानिसको प्रवेश भने रोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण