शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

२५ प्रतिशत बोनस सेयर दिने नागरिक लगानी कोषको प्रस्ताव पारित

आइतबार, ३१ असार २०८०, १७ : ४६
आइतबार, ३१ असार २०८०

काठमाडौँ । नागरिक लगानी कोषको २८ औँ वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७८/७९ को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित २५ प्रतिशत बोनस सेयर र १ दशमलव ३१५८ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ । 

त्यसैगरी आ.ब २०७८÷७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । योसँगै लेखा परीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको छ । सभामा कोष सञ्चालक समितिका अध्यक्ष थापाले कोषले सञ्चालन गरिरहेको सरकारी, गैर सरकारी एवं निजी प्रतिष्ठानमा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकहरूलाई सामाजिक सुरक्षाको प्रत्याभूति सहितको बचत कार्यक्रमले समेट्ने धारणा राखे । 

उनले कोषले सङ्कलन गरेको बचत रकमलाई राष्ट्रिय गौरवका आयोजनाहरू, पूर्वाधार विकास तथा उत्पादनमूलक क्षेत्रहरू, कोषमा आबद्ध सहभागीहरूलाई सहयोग पुग्ने गरी विभिन्न ऋण सापटीहरू एवं पुँजी बजारका विभिन्न औजारहरूमा लगानी विविधीकरण गरी प्रतिफल अभिवृद्धि गर्न सकिने अवसरहरूको बारेमा जोड दिए । उनले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरूलाई समाधान गरी लगानीलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको वस्तुस्थिति बारे जानकारी दिए भने सेयर धनीहरूबाट उठाइएका विषयहरू तथा सुझावहरूका सम्बन्धमा थप पुष्टयाई गरे  । साथै, कोषको कारोबारलाई क्रमशः सूचना प्रविधि मैत्री बनाउँदै आगामी दिनमा कोष कारोबारहरूलाई विस्तार गरिनेमा पनि उनले जोड दिए । 

साधारण सभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०७९÷८० को चैत मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम रू.२ खर्ब १४ अर्ब ७९ करोड ९६ लाख रुपैयाँ पुगेको छ । उक्त अवधिमा कोषले रू.२ खर्व १२ अर्ब ६४ करोड ७३ लगानी गरेको छ । कोषको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने तर्फ कोषले काम गरिरहेको छ ।

 त्यस्ता नागरिकहरूको रकम अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सक्ने तर्फ कायै भइरहेको पनि उनले जानकारी दिए ।   सभामा बैङ्क तथा वित्तीय संस्थाहरूको समूहबाट सञ्चालक समितिमा तीन वर्षको लागि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट सुरेशप्रसाद खत्री निर्विरोध निर्वाचित भएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप