शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

उच्च शिक्षा ऐन संसदमा ल्याएर छिट्टै पारित हुनुपर्छ: देवेन्द्र पौडेल

आइतबार, ३१ असार २०८०, १८ : १९
आइतबार, ३१ असार २०८०

काठमाडौँ । नेकपा माओवादीका सांसद एवम्  पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले उच्च ऐन संसदमा ल्याएर तत्काल पारित गर्न पहल गर्नुपर्ने बताएका छन् ।

आइतबार संसदमा बोल्दै पौडेलले शिक्षाका ८ ऐन शिक्षा र कानुनमा घुमेको घुम्यै गरेको बताए ।  

‘शिक्षा सुधार गर्न उच्च शिक्षा सुधारिनुपर्छ । उच्च शिक्षालाई प्रणालीमा ल्याउन ऐन छिटो अघि बढाउने कुरा नै पहिलो आवश्यकता छ’ पौडेलले भने, ‘विश्वविद्यालय मेडिकल पढाउँछ । प्रतिष्ठानले पनि मेडिकल पढाउँछ । विपि प्रतिष्ठानले मेडिकल पढाइराखेको छ । त्यसैमा चिकित्सा शिक्षा आयोगले आफै परीक्षा लिन्छ’ पौडेलले भने, ‘कहाँबाट परीक्षा दिएर अघि बढ्ने विद्यार्थी गन्जागोलमा फस्छ ? यी सबै विषय ऐन ल्याएर नियमन नगर्दासम्म  व्यवस्थापन हुन सक्दैन ।’

त्रिभुवन विश्वविद्यालयका १११ आंगिक क्याम्पस र अरु क्याम्पसहरु समेत धेरै हुँदा राम्रोसँग चल्न नसकेको पौडेलको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप