उच्च शिक्षा ऐन संसदमा ल्याएर छिट्टै पारित हुनुपर्छ: देवेन्द्र पौडेल
काठमाडौँ । नेकपा माओवादीका सांसद एवम् पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले उच्च ऐन संसदमा ल्याएर तत्काल पारित गर्न पहल गर्नुपर्ने बताएका छन् ।
आइतबार संसदमा बोल्दै पौडेलले शिक्षाका ८ ऐन शिक्षा र कानुनमा घुमेको घुम्यै गरेको बताए ।
‘शिक्षा सुधार गर्न उच्च शिक्षा सुधारिनुपर्छ । उच्च शिक्षालाई प्रणालीमा ल्याउन ऐन छिटो अघि बढाउने कुरा नै पहिलो आवश्यकता छ’ पौडेलले भने, ‘विश्वविद्यालय मेडिकल पढाउँछ । प्रतिष्ठानले पनि मेडिकल पढाउँछ । विपि प्रतिष्ठानले मेडिकल पढाइराखेको छ । त्यसैमा चिकित्सा शिक्षा आयोगले आफै परीक्षा लिन्छ’ पौडेलले भने, ‘कहाँबाट परीक्षा दिएर अघि बढ्ने विद्यार्थी गन्जागोलमा फस्छ ? यी सबै विषय ऐन ल्याएर नियमन नगर्दासम्म व्यवस्थापन हुन सक्दैन ।’
त्रिभुवन विश्वविद्यालयका १११ आंगिक क्याम्पस र अरु क्याम्पसहरु समेत धेरै हुँदा राम्रोसँग चल्न नसकेको पौडेलको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण