रौतहटमा एक वर्षमा डुबेर १६ जनाको मृत्यु
सोमबार, ०१ साउन २०८०, ११ : २५
रौतहट । रौतहटमा आर्थिक वर्ष २०७९/०८० मा डुबेर १६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार एक वर्षमा ६ जना पुरुष, २ जना महिला, ४ जना बालक र ४ जना बालिकाको डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी उमाशंकर यादवका अनुसार विभिन्न नदी तथा पोखरीमा डुबेर पछिल्लो आर्थिक वर्ष १६ जनाको मृत्यु भएको तथ्याङ्क छ ।
आर्थिक वर्षको अन्तिम दिन कटहरिया नगरपालिकास्थित गमहरिया घाट लालबकैया नदीमा नुहाउन गएका एक जना विद्यार्थीको डुबेर मृत्यु भएको छ । कटहरिया–५ का अशोक साह कानुको १५ वर्षीय छोरा कक्षा ९ मा अध्यनरत सोनु गुप्ताको नुहाउने क्रममा आइतबार डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको घोषणा : युक्रेनलाई प्याट्रियट क्षेप्यास्त्र अवरोधक उत्पादनको अनुमति दिइने
-
प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण