एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक जारी
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको बैठक अहिले जारी छ । कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको सो पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकमा राजनीतिक र सैद्धान्तिक विषयमा छलफल हुनुका साथै पार्टी कमिटीका रिक्त पदमा मनोनयनका बारेमासमेत छलफल हुने छ । बैठकको पहिलो दिन सात जना सदस्यहरुले धारणा राखेका थिए भने दोस्रो दिन २ जनाले धारणा राखेका थिए ।
सोमबारको बैठकमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेता गंगालाल तुलाधर र विजय पौडेलले बोल्ने कार्यसूची छ ।
नेताहरुले बदलिँदो परिस्थितमा पार्टीलाई कसरी विस्तार गर्ने र आजको परिस्थिति कसरी फेस गर्ने भन्नेमा आआफ्नो धारणा राख्दै आएका छन् । त्यसबाहेक पार्टी कमिटीका रिक्त पदमा नेताहरुको मनोनयनका बारेमा समेत छलफल हुनेछ । अध्यक्षसहित बाँकी ६ जना बोलेपछि मंगलबार बैठक समापन गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण