बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक जारी

सोमबार, ०१ साउन २०८०, १२ : ४७
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको बैठक अहिले जारी छ । कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको सो पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा राजनीतिक र सैद्धान्तिक विषयमा छलफल हुनुका साथै  पार्टी कमिटीका रिक्त पदमा मनोनयनका बारेमासमेत छलफल हुने छ । बैठकको पहिलो दिन सात जना सदस्यहरुले धारणा राखेका थिए भने दोस्रो दिन २ जनाले धारणा राखेका थिए ।

सोमबारको बैठकमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेता गंगालाल तुलाधर र विजय पौडेलले बोल्ने कार्यसूची छ । 

नेताहरुले बदलिँदो परिस्थितमा पार्टीलाई कसरी विस्तार गर्ने र आजको परिस्थिति कसरी फेस गर्ने भन्नेमा आआफ्नो धारणा राख्दै आएका छन् । त्यसबाहेक पार्टी कमिटीका रिक्त पदमा नेताहरुको मनोनयनका बारेमा समेत छलफल हुनेछ । अध्यक्षसहित  बाँकी ६ जना बोलेपछि मंगलबार बैठक समापन गर्ने तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप