आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

दराजले ल्यायो ‘महाबचत बजार’, ७० प्रतिशतसम्मको छुट

सोमबार, ०१ साउन २०८०, १५ : १९
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । दराज नेपालले २०२३ को लागि आफ्नो वार्षिक अभियान ‘महाबचत बजार’ को औपचारिक घोषणा गरेको छ। यस अभियानमा दराजले ७०% सम्म छुटको मेगा डिल अफर ल्याएको छ | 

दराजले अनलाइन सपिङमा अफरहरुको साथ झन्झटरहित  सपिङ्ग , सामान डेलिभरी र अन्य  थुप्रै सेवाहरु प्रदान गर्दछ | उक्त उद्देश्यलाई प्राथमिकता राख्दै दराजले ई-सेवा र बैंक कार्ड मार्फत प्रि-पेमेन्ट्को पनि व्यवस्ता गरेको छ जसमा ग्राहकहरुले १०% छुट अधिकतम रु. १००० र १५% छुट अधिकतम रु. १५०० प्राप्त गर्न सक्नेछन् | 

त्यसैगरी, यस अभियानको Giveaway Prize मा Panasonic 270 L Inverter Frost-Free Double-Door Refrigerator, Panasonic 55 Inch 4K HDR Smart Android LED TV, र Panasonic 8kg Front Load Washing Machine समावेश छ। मेगा गिवअवे पुरस्कार जित्नको लागि ग्राहकले न्यूनतम रु. ३५०० को प्रि-पेमेन्ट गर्नुपर्ने हुन्छ । ग्राहकहरूले Countdown Sales उपहारको रूपमा Panasonic 27 Litres Convection Oven With Twin Turbo Cooking जित्ने मौका पनि पाउनेछन्। 

दराजकी मार्केटिङ हेड भिधा प्रधानले ‘यस अभियानद्वारा कम्पनीले आफ्ना ग्राहकहरुलाई अनलाइन सपिङको महत्व र यस अभियानमा प्रदान हुने आकर्षक छुट र अफरहरु प्रदान गर्ने’ बताइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप