गौर हत्याकाण्डको फाइल खोल्न माग गर्दै आन्दोलन घोषणा
काठमाडौँ । १७ वर्षअघि भएको गौर हत्या काण्डमा संलग्नहरुलाई कारबाहीको माग गर्दै पीडितहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
गौर हत्या काण्ड संघर्ष समितिले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै सो हत्याकाण्डको फाइल खोल्न माग गरेका छन् । साथै उनीहरुले साउन १४ सम्म माग पुरा नगरे साउन १५ बाट अनिश्चितकालिन रौतहट बन्द गर्ने चेतावनीसहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । उनीहरुले साउन २ देखि १२ गतेसम्म रौतहटका पालिकाहरुमा हत्याकाण्डबारे जानकारी र अन्तरक्रिया, साउन १३ गते सहिद तथा पीडित परिवारबाट धर्ना, साउन १४ गते मोटरसाइकल र्याली र १५ गतेबाट अनिश्चितकालिन रौतहट बन्दका कार्यक्रम सार्वजनिक गरेको छ ।
सोमबार गौर हत्या काण्ड संघर्ष समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै दोषीलाई कारबाहीको दायरमा नल्याएकाले आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएको जनाएको छ । संघर्ष समितिका संयोजक रुपसागर देवीले अमानवीय र बीभत्स हत्या गर्ने गौर हत्याकाण्डका हत्यारालाई वर्षौसम्म पनि अनुसन्धानको दायरामा नल्याई कारबाही नगर्नाले पीडितहरुको आँखा अगाडी नै खुलेआम हिँडिरहेको देख्नुपर्दा आफूहरूलाई थप पीडा भएको जनाएका छन् ।
‘अमानवीय र बीभत्स हत्याकाण्डका दोषीलाई कानुन बमोजिम अविलम्ब कारबाही गर्न हामी पीडितहरुलाई अपराध पीडितको हक, न्यायको प्रत्याभूति दिलाउन विनम्र अनुरोध गर्दछौ’, संघर्ष समितिले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।
२०६३ साल चैत सात गते गौरस्थित राइसमिल चौरमा तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमका नेता कार्यकर्ताबीच भएको झडपमा २७ जना सर्वसाधारणको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण