दुई दशकपछि निगमको भण्डारण क्षमता विस्तार, पोखरामा १ करोड लिटर डिजेल भण्डार गृह
पोखरा । करिब २ दशकपछि नेपाल आयल निगमले आफ्नो डिजेल भण्डारण क्षमता विस्तार गरेको छ । सोमबार पोखरामा १० हजार किलोलिटर (एक करोड लिटर) क्षमताको डिजेल भण्डारण गृह उद्घाटन भएको हो ।
सरकारको ३ महिनालाई पुग्ने इन्धन भण्डारण क्षमता विस्तार गर्ने नीति अनुसार निगमले ३ वर्ष अघिदेखि यो भण्डारण गृह निर्माणको काम सुरु गरेको थियो । करिब १ अर्ब रुपैंयाको लागतमा यो भण्डार गृहको निर्माण भएको आयल निगमका प्रवक्ताले रातोपाटीलाई जानकारी दिए ।
सोमबार उद्घाटन भएको यो भण्डार गृह निर्माणको लागि ८९ करोड लागतमा ५० लाख लिटरका दुई वटा डिजेलका ट्याङ्की तयार गरिएको हो । यसका अलवा फायर फाइटिङका लागि २४ लाख लिटरको पानी भण्डारण ट्याङ्क पनि निर्माण गरिएको छ । १० हजार किलोलिटर क्षमताको दुईवटा भण्डारण गृह थपिएसँगै गण्डकीमा डिजेल भण्डारण एक महिनालाई पुग्ने छ । यसअघिसम्म एक सातालाई मात्र डिजेलको भण्डारण रहेको थियो ।
_oieZ3UPXET.jpg)
निगमको इतिहासमा दुई दशकपछि भण्डारण क्षमता विस्तार भएको हो । निगमले विसं २०५६ यता नयाँ भण्डारण गृह निर्माण गर्न सकेको थिएन । इन्धन भण्डारण गृह नहुँदा इन्धन आपूर्तिमा अवरोध हुँदा बजारमा अभाव हुने गरेको थियो । पोखराबाट गण्डकी प्रदेशको मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की, तनहुँ र स्याङ्जाका पम्पमा पेट्रोलियम पदार्थ बिक्री वितरण गरिन्छ । पोखरामा डिपोबाट सामान्य अवस्थामा दैनिक डिजेल दैनिक २८० किलोलिटर, पेट्रोल १२० किलोलिटर बिक्री हुन्छ ।
पर्याप्त भण्डारण स्थल नहुँदा इन्धन आपूर्तिमा कठिनाइ भइरहेको अवस्थामा पोखरामा एक करोड लिटर क्षमताका इन्धन भण्डारण ट्याङ्क निर्माण गरिएको निगमले जनाएको छ । आयल निगमले गण्डकी प्रादेशिक कार्यालय मातहतको निगम डिपोमा हाल पाँच सय किलोलिटर पेट्रोल र डिजेल दुई हजार पाँच सय किलोलिटर क्षमताको भण्डारण गृह रहेको थियो ।
_SCtaF3WnQN.jpg)
निर्माणको काम समानान्तर, रेलिगियर र भारत ट्याङ्कले गरेका हुन् । भण्डारण स्थलमा आगजनी भए वा धुवाँ निस्केमा स्वचालित मेसिनबाट अग्नि नियन्त्रण गर्ने प्रविधिसमेत जडान गरिएको छ । भण्डारण गृहको निर्माणको काम तीन वर्षअघिदेखि सुरु भएको थियो। निगमले विभिन्न ठाउँमा इन्धन भण्डारण गृह निर्माण प्रक्रिया अगाडि बढिरहेको छ ।
चितवनको लोथरमा एक लाख किलोलिटर र झापामा ४५ हजार किलोलिटर क्षमताको भण्डारण गृह निर्माण गर्न लागिएको निगमले जनाएको छ । चितवनमा भण्डारण गृह निर्माण निगमको लगानीमा हुने छ । हाल निगमसँग एक हप्तालाई मात्र पुग्ने ६८ हजार किलोलिटर क्षमताको भण्डारण रहेको छ । डेढ लाख किलोलिटर क्षमताको दुई ठाउँमा भण्डारण गृह निर्माण गरिने भएको हो ।
_oieZ3UPXET.jpg)
_Z7WWVad0U6.jpg)
_avuswN4Dsw.jpg)
_RojyAnffu8.jpg)
_aXXIvJ3YZe.jpg)
_LImb42DJQX.jpg)
_6oKOONnrw2.jpg)
_kCJLFkDB19.jpg)
_8kOH5kX1hF.jpg)
_Mv2QXERP2m.jpg)
_weP6KAxXkP.jpg)
_SneyJQnXDo.jpg)
_xoS8vePvlE.jpg)
_cDI8zUla36.jpg)
_kv5qxHySbQ.jpg)
_u6tTZqEXU0.jpg)
_AqeY4NztBA.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण