कांग्रेस केन्द्रीय समिति बैठकका लागि १० एजेन्डा तय
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकको लागि १० वटा एजेण्डा तय गरेको छ । साेमबार पार्टी सभापति शेरबहादुर देउवाकाे निवास धुम्बाराहीमा बसेकाे शीर्ष नेताकाे बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेको हो ।
महामन्त्री विश्वप्रकाश शर्माले भने, "भोलि बस्ने केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेका छौँ। पार्टी र समसामयिक राजनीतिबारे घनिभूत छलफल हुन्छ ।"
शर्माले पार्टीका केही विभाग थप गर्नुपर्ने र केही विभागको थप व्याख्या गर्नुपर्ने बताए । त्यसबारे पनि केन्द्रीय समितिमा छलफल हुने उनको भनाइ छ ।
महामन्त्री शर्माका अनुसार केन्द्रीय समिति बैठकमा अनुशासन समिति संयोजक आनन्द ढुंगानाले प्रतिवेदनसमेत पेश गर्ने एजेन्डा छ । साथै संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले चुनावपछि अहिलेसम्म संसदमा कांग्रेसले खेलेका भूमिकाबारे प्रतिवेदन पेश गर्ने शर्माले बताए ।
यस्तै उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारका कामकारबाहीबारे पनि केन्द्रीय समितिमा जानकारी दिने शर्माले बताए ।
यस्ता छन् एजेन्डा
१) केन्द्रीय समितिको बैठकअघि कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्ने प्रस्ताव
२) पार्टी निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन
३) नीति अधिवेशनसम्बन्धी खाका प्रस्ताव
४) सांगठानिक कार्ययोजनाबारे
५) विभाग गठन
६) राष्ट्रव्यापी अभियानको घोषणाबारे
७) केन्द्रीय कार्यसमितिको अनुशासन समितिको प्रतिवेदन पेश
८) संसदीय दल समीक्षा (प्रमुख सचेतकले जानकारी गराउने)
९) सरकार प्रगतिबारे (उपसभापति तथा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का सरकारको समीक्षा)
१०) समसामयिक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण