मिस नेपाल नर्थ अमेरिका २०२३ को तालिम सुरु
विजय थापा । आगामी जुलाई २२ मा न्यूयोर्कमा आयोजना हुने मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) २०२३ का अन्तिम १८ जना प्रतियोगीहरूको तालिम न्यूयोर्कमा प्रारम्भ भएको छ ।
क्यानाडा र अमेरिकाका विभिन्न राज्यहरूबाट प्रतियोगीहरू प्रतिस्पर्धामा भाग लिन न्यूयोर्क आई पुगेका छन् । मिस नेपाल नर्थ अमेरिका २०२३ को लागि पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ आधिकारिक मुख्य कोरियोग्राफर (पूर्ण प्रशिक्षण) रहेकोले उनले तालिम दिन सुरु गरेकी हुन् । अन्तिम समापन दिन अगाडिसम्म तालिम चल्नेछ ।
मिस नेपाल नर्थ अमेरिका २०२३ मा १८ जना प्रतिस्पर्धीहरु रहेका छन् । उनीहरूको बन्द शिविर गत सोमबारदेखि नै सञ्चालन भएको छ । अन्तिम प्रतिस्पर्धाका लागि अमेरिका र क्यानडा गरी कूल १८ जना प्रतिस्पर्धीहरुले भाग लिनेछन् ।
मिस नेपाल नर्थ अमेरिका सुरु भएदेखि नै हरेक वर्ष अगस्त महिनामा हुँदै आएता पनि यस बर्ष जुलाई महिनामा हुने र जुलाई २२ का दिन समापन समारोह अर्थात् ग्रान्ड फिनाले हुनेछ ।
विगत वर्ष झैँ यस वर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुम मै शनिबारका दिन हुनेछ । “अर्को पुस्तालाई सशक्तीकरण गर्न नेपाली महिलाहरूलाई सशक्तीकरण” भन्ने मूल नारा दिइएको छ । यो प्रतियोगिताको आयोजना ड्रिम्स युनिभर्सल एलएलसी न्यूयोर्कले गर्नेछ ।
यस पटक कार्यक्रमको लागि अतिथिहरुमा प्रियंका कार्की, मिरुना मगर, आयुषमान देशराज जोशी, सुप्रिया श्रेष्ठ, रेश्मा घिमिरे लगायतको उपस्थिति रहनेछ।
यस पटकको विजेता २०२४ मा नेपालमा आयोजना हुने नेपाल सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धीको रूपमा भाग लिन पाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण