जब श्रीमानबाट सयौं सन्तान जन्मिएको श्रीमतीले थाहा पाइन...
न्युयोर्क । भनिन्छ, राम्रो सम्बन्धका लागि दुई व्यक्तिबीच पारदर्शिता हुनु अति आवश्यक हुन्छ । सम्बन्ध जति सफा हुन्छ उति लामो समय सम्म टिक्छ । तर, कहिले परिस्थितिले र कहिले अन्य कारणले मानिसबीच दुरी आउँछ । यदि श्रीमान श्रीमतीको बीचमा यस्तो अवस्था आयो भने कुरा साँच्चै गम्भीर बन्न जान्छ। यस्तै घटना एकजना अमेरिकन पुरुषसँग भएको छ, जसको श्रीमतीले श्रीमानको विगत थाहा पाएपछि सहनै सकिनन् ।
उक्त व्यक्तिले रेड इटमा आफ्नो कथा सुनाउँदै भने की उनले आफ्नो विगतमा केही यस्ता काम गर्थे, जुन उनलाई त्यतिबेला सही लाग्थ्यो । यद्यपि विवाहपछि उनले आफूलाई उनीबाट टाढा राख्न खोजे तर एक दिन उनको सत्य श्रीमतीको अगाडि आयो । त्यो दिनदेखि उनको जीवनमा आएको उथलपुथल अरू कसैले बुझ्न सक्दैन।
यी व्यक्तिले आफ्नो बारेमा लेखेका छन् कि उनले कलेजका दिनमा सजिलै पैसा कमाउन शुक्राणु दानको बाटो अपनाएका थिए । आमाबुवा बन्न नसकेका दम्पतीलाई पनि सहयोग गर्थे र पैसा पनि लिन्थे । जब उनले आफ्नी प्रेमिका र अहिले श्रीमतीलाई भेटे, तब उनले यो गर्न छोडे। उनको विवाह भएको ६ वर्ष भयो र उनका २ सन्तान छन् ।
यद्यपि उनले यो काम रोकेका थिए तर केही वर्ष पहिले पैसाको आवश्यकता पर्दा उनले फेरि एकपटक शुक्राणु दानको बाटो अपनाए । केही समयपछि अहिले उनले यो बिगत बिर्सिसकेका थिए ।
श्रीमान्–श्रीमती साथीभाइबीच बसेर सन्तान जन्माउन कठिनाइको चर्चा चलिरहेको बेला यो कुरा बाहिर आएको हो । यस्तो अवस्थामा ती व्यक्तिले कलेजमा स्पर्म डोनेशनको बारेमा बताए । यो सत्यता थाहा पाउने बित्तिकै उनकी श्रीमतीलाई रिस उठ्यो । घर आएपछि यो विषयमा चर्को बहस भयो । त्यसमा पुरुषलाई केही गल्ती लागेन तर श्रीमतीले यसलाई धोखाधडी भनेकी थिइन् ।
उक्त व्यक्तिको यो पोस्टमा कतिपयले उनलाई सही र कसैले गलत ठानेका छन् । एक प्रयोगकर्ताले भने, उहाँलाई थाहा छैन कि उहाँका जैविक बच्चाहरू कहाँ हुनेछन् र यदि कोही उहाँ कहाँ आयो भने के हुनेछ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण