बिदेसिएका नेपालीलाई स्वदेश फर्काउँछौँ भन्ने राजनीतिक पार्टीको उदयपछि बिदेसिनेको सङ्ख्या झन् बढ्यो : शङ्कर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले विदेश गएका नेपालीलाई स्वदेश फर्काउँछौ भन्ने राजनीतिक पार्टीको उदयपछि बिदेसिनेको सङ्ख्या बढेको बताएका छन् ।
उनले नेकपा(एमाले) सरकारमा आउँदा रोजगारीका लागि विदेश जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी नेकपा(एमाले) हो भन्ने जनविश्वासलाई उजागर गरेको दाबी समेत गरेका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा प्रश्न गर्दै भनेका छन्, ‘विदेशमा गएकाहरूलाई देश फर्काउँछौ भन्नेहरूलाई गएको निर्वाचनमा जनताले लोकप्रिय मत दिए । तर उनीहरू राष्ट्रिय पार्टीका रूपमा नेपाली राजनीतिमा उदय भएपछि नै बिदेसिनेको सङ्ख्या झनै बढ्यो । के यसको जिम्मेवारी नेकपा(एमाले)ले नै लिनुपर्ने हो र ?’
साथै उनले पुराना पार्टीका कारण बिदेसिनेको सङ्ख्या बढ्यो भनेर कुप्रचार भइरहेको समेत बताएका छन् ।
‘तर तथ्यहीन रूपमा पुराना पार्टीका कारणले बिदेसिने बढे भनेर नेकपा(एमाले)लाई समेत जोड्ने प्रयास गर्नु कुप्रचार हो’, महासचिव पोखरेलले भनेका छन्,‘त्यसैले नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाँडिनुभन्दा एजेन्डाका आधारमा ठिक र बेठिक छुट्याउनेगरी समस्याको समाधानका लागि छलफल र बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण