आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बिदेसिएका नेपालीलाई स्वदेश फर्काउँछौँ भन्ने राजनीतिक पार्टीको उदयपछि बिदेसिनेको सङ्ख्या झन् बढ्यो : शङ्कर पोखरेल

मङ्गलबार, ०२ साउन २०८०, १० : ०८
मङ्गलबार, ०२ साउन २०८०

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले विदेश गएका नेपालीलाई स्वदेश फर्काउँछौ भन्ने राजनीतिक पार्टीको उदयपछि बिदेसिनेको सङ्ख्या बढेको बताएका छन् । 

उनले नेकपा(एमाले) सरकारमा आउँदा रोजगारीका लागि विदेश जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी नेकपा(एमाले) हो भन्ने जनविश्वासलाई उजागर गरेको दाबी समेत गरेका छन् । 

मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा प्रश्न गर्दै भनेका छन्, ‘विदेशमा गएकाहरूलाई देश फर्काउँछौ भन्नेहरूलाई गएको निर्वाचनमा जनताले लोकप्रिय मत दिए । तर उनीहरू राष्ट्रिय पार्टीका रूपमा नेपाली राजनीतिमा उदय भएपछि नै बिदेसिनेको सङ्ख्या झनै बढ्यो । के यसको जिम्मेवारी नेकपा(एमाले)ले नै लिनुपर्ने हो र ?’

साथै उनले पुराना पार्टीका कारण बिदेसिनेको सङ्ख्या बढ्यो भनेर कुप्रचार भइरहेको समेत बताएका छन् । 

‘तर तथ्यहीन रूपमा पुराना पार्टीका कारणले बिदेसिने बढे भनेर नेकपा(एमाले)लाई समेत जोड्ने प्रयास गर्नु कुप्रचार हो’, महासचिव पोखरेलले भनेका छन्,‘त्यसैले नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाँडिनुभन्दा एजेन्डाका आधारमा ठिक र बेठिक छुट्याउनेगरी समस्याको समाधानका लागि छलफल र बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप