मानुषीको नेतृत्वमा सूचना तथा सञ्चार प्रविधि विभाग
काठमाडौं । मानुषी यमी भट्टराईको नेपाल समाजवादी पार्टीमा सूचना तथा सञ्चार प्रविधि विभाग गठन भएको छ ।
विभागले पार्टी संगठनका अभिलेखहरु डिजिटलाइज्ड गर्ने, पार्टीको संगठन विस्तार लगायत विभिन्न अभियानलाई प्रभावकारी बनाउन आवश्यक डिजिटल प्रविधिको प्रयोग गर्न योजना बनाउने र लागू गर्ने, पार्टीलाई रिब्राण्डिङ गर्नमा आवश्यक सहयोग गर्ने मुख्य उद्देश्य लिएको पार्टीले जनाएको छ ।
नेसपाका अनुसार पार्टीबारे सूचना, जानकारी र पार्टीको गतिविधि वेबसाइट, सामाजिक सञ्जाल आदि मार्फत् डिजिटल्ली सम्प्रेषण गर्ने, पार्टी र जनताबीच पहुँचयोग्य, सरल दुईतर्फी सञ्चार निर्माण गर्ने, पार्टीभित्रको आन्तरिक सञ्चार सहज, व्यवस्थित र स्मार्ट बनाउने, पार्टीको रिब्राण्डिङमा सहयोग गर्ने विभागको मुख्य काम हुनेछ ।
निर्धारित उद्देश्य पूरा गर्न पालिका तहसम्म विभागमा रहेर सूचना तथा सञ्चार प्रविधिसम्बन्धी काम गर्न सक्ने सक्षम व्यक्ति पहिचान गर्ने, आधिकारिक वेबसाईट, यूट्युव च्यानल, सामाजिक सञ्जाल एकाउण्ट व्यवस्थित गर्ने, राज्यका सूचना, सञ्चार एवं प्रविधिसँग सम्बन्धित नीति/कानून निर्माण र कार्यान्वयन स्थितिको अध्ययन र अनुगमन गर्ने कार्य गर्ने नेसपाले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण