सवारी दुर्घटनामा ६ जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० स्थित मोडमा ना.६ ख ८८९० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-१० बस्ने ६३ वर्षीय लाल बहादुर घिसिङ्को सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनलाई हेटौंडा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता बाराको जितपुरसिमरा उपमहानगरपालिका-२३ चुरियामाईस्थित सडकमा प्र.२-०३-०१२ प ८८५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ बस्ने ३५ वर्षीय शंकर तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा सरकारी अस्पताल मकवानपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै नवलपरासी (पूर्व)को कावासोती नगरपालिका-१ बालुवाडाँडास्थित सडकमा लु.४ त ३६३४ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएर सोमबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २३ वर्षीय किरण हितङ मगरको घटनास्थलमा नै मृत्यु भएको छ ।
यसै गरी पर्वतको पैंयु गाउँपालिका-४ सानोस्वामीस्थित सडकमा ग.१ ज ७९७३ नम्बरको जिपबाट खसेर सोही गाउँपालिका-६ काहुँ बस्ने ३० वर्षीया बसन्ती थापाको सोमबार दिउँसो मृत्यु भएको छ । जिपबाट खसेर गम्भीर घाइते भएकी उनको स्वास्थ्य चौकी हुवास हुँदै स्वास्थ्य चौकी वालिङ स्याङ्जामा थप उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता कैलालीको धनगढी उपमहानगरपालिका-१७ धुर्जन्नास्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१००९ प ७३८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २१ वर्षीय राजु चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढी हुँदै निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको निसर्ग अस्पतामा उपचार भइरहेको छ ।
बैतडीको दशरथचन्द नगरपालिका-६ गोठलापानी सेरास्थित सडकमा सु.प.प्र.०१००२ त ६३८९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा चालक कैलाली फुलबारी बस्ने २८ वर्षीय सुलेन चौधरीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण