यस वर्षको दूर्वाष्टमी र गौरा पर्व भदौ ७ मा
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दूर्वाष्टमी र गौरा पर्व आगामी भदौ ७ गते बिहीबार पर्ने जनाएको छ ।
दूर्वाष्टमी व्रत अर्थात् गौरा पर्व मनाउने सन्दर्भमा, विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल र टेलिफोनको माध्यमसमेत प्रयोग गरी सर्वसाधारण जनतालाई भ्रम सिर्जना गराइरहेको र धर्म संस्कृतिमा समेत असर परिरहेको भनी विभिन्न माध्यमबाट यस समितिमा जानकारी प्राप्त भएकाले यस सम्बन्धमा समितिले निर्णय सार्वजनिक गरेको हो ।
दूर्वाष्टमी व्रत र गौरा पर्वको सन्दर्भमा समितिले विसं २०८० को चाडपर्व निर्णय गर्दा सम्बन्धित क्षेत्रका विद्वान् विदुषीसँग रायसुझाव लिई व्यापक छलफल गरेर निर्णय गरिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी र कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । समितिबाट निर्णय गरिएका चाडपर्व समावेश गरी प्रकाशित भएका पञ्चाङ्गमा भदौ ७ गते दूर्वाष्टमी व्रत र गौरा पर्वको उल्लेख गरिएको छ ।
उक्त पर्व सम्बन्धित क्षेत्रमा भदौ ७ गते मनाउनु हुँदैन र भदौ २१ गते मनाउनुपर्छ भन्ने बहस चलिरहेको जानकारी समितिमा प्राप्त भएको हुँदा समितिका तर्फबाट सम्बन्धित क्षेत्र समेतका विद्वान् ज्योतिषी, धर्मशास्त्रका विद्वान् र चाडपर्वका मर्मज्ञसँग विचार विमर्श गरेर विज्ञप्ति सार्वजनिक गरिएको समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण