विभागको पहलपछि अध्यागमनले दियो प्रस्थान अनुमति, कुवेत उड्न थाले श्रमिक
काठमाडौँ । अध्यागमन कार्यालयले अनुमति दिएसँगै नेपाली श्रमिकहरू क्रमिक रूपमा कुवेत उड्न थालेका छन् । यसअघि कागजात शंकास्पद रहेको भन्दै त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले ११७ जना श्रमिकलाई प्रस्थान अनुमति दिएको थिएन ।
तर वैदेशिक रोजगार विभागले आवश्यक सहजीकरण गरिदिन भन्दै पत्राचार गरेपछि अध्यागमन विभागले पनि अध्यागमन कार्यालयलाई सहजीकरण गर्न र प्रस्थान अनुमति दिन भनेको थियो ।
गत असार २७ र २८ गते कागजात शङ्कास्पद देखिएको, ढिला गरी विमानस्थल पुगेको जस्ता कारण देखाउँदै अध्यागमनले रोकेको थियो । विनाकारण अध्यागमनले श्रमिकहरूलाई रोकेको भन्दै म्यानपावर व्यवसायीहरू आक्रोशित बनेका थिए । उनीहरूले अध्यागमनका महानिर्देशकको राजीनामा माग्नुका साथै कार्यालयमा प्रदर्शन समेत गरेका थिए ।
त्यसपछि यो विषयमा अध्यागमनले विभिन्न चार सर्त पुरा गरेको खण्डमा प्रस्थान अनुमति दिने बताएको थियो । अध्यागमनको विज्ञप्तिपछि वैदेशिक रोजगार विभागले समेत आफ्नो क्षेत्राधिकार मिचेको आरोप लगाएको थियो ।
विद्यमान कानुन अनुसार श्रम स्वीकृति लिएर गएका श्रमिकहरूलाई रोक्ने अधिकार अध्यागमनलाई नभएको विभागले प्रस्ट पारेको थियो । सोही आधारमा अध्यागमनले अर्को विज्ञप्ति जारी गर्दै ऐन, कानुन पालन गर्न प्रतिबद्ध रहेको जनाएको थियो । वैदेशिक रोजगार विभागको क्षेत्राधिकारभित्र प्रवेश गर्ने आफ्नो कुनै मनसाय नरहेको बताएको थियो ।
त्यसपछि वैदेशिक रोजगार विभागले अध्यागमनलाई सहजीकरण गरिदिन भन्दै पत्राचार गरेको हो । सोही आधारमा श्रमिकहरू जान थालेको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव मेघनाथ भुर्तेलले बताए । टिकटको उपलब्धताको आधारमा श्रमिकहरू क्रमिक रूपमा जान थालेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण