सजिनालाई मन्त्री किरातीले दिए जितको शुभकामना, ‘मिस वर्ल्ड टुरिजम’मा भाग लिन श्रीलंका जाँदै
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले श्रीलंकाको कोलम्बोमा आयोजना हुने ‘मिस वर्ल्ड टुरिजम’मा नेपालको प्रतिनिधित्व गर्न लागेकी सजिना खनाललाई सफलताको शुभकामना दिएका छन् ।
खनाललाई मन्त्रालय बोलाएर ‘मिस वर्ल्ड टुरिजम’मा नेपालको पर्यटन प्रचार गर्न सुझाउँदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बचन समेत दिए ।
मन्त्री किरातीसँगको भेटमा खनालले प्रतियोगीताका सबै विजेतालाई आफूले नेपाल भ्रमणको निम्तो दिने जानकारी गराइन् ।
त्यस्तै खनालले बुधवार खानेपानी मन्त्री महिन्द्र राय यादवलाई पनि भेट गरेकी छन् । मन्त्रालयमा भएको भेटमा सजिनालाई मन्त्री यादवले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल चिनाउन सफलता मिलोस् भन्दै शुभकामना दिएका छन् ।
‘नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय कार्यक्रममा जानु भनेको एउटा गौरवको बिषय हो । तपाई जुन उद्देश्यले सहभागी हुन लाग्नु भएको छ । सफलता अवश्य मिल्नेछ,’ मन्त्री यादवले भने ।
‘मिस वर्ल्ड टुरिजम’मा भाग लिन सर्लाहकी २२ बर्सिया सजिना बिहीबार त्यसतर्फ उड्नेछिन् । इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले ‘मिस वर्ल्ड टुरिजम नेपाल’ उपाधि सहित उनलाई उक्त प्रतियोगितामा पठाउन लागेको हो ।
३५ देशको सहभागिता रहने प्रतियोगितामा सजिना नेपालको एक्लो प्रतिनिधि हुन् । नेपालको पर्यटन प्रवर्द्धनका लागि आवश्यक विभिन्न प्रशिक्षण सहित उनलाई प्रतियोगितामा आफूले पठाउन लागेको इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्ट नेपालका सिइयो धिरज तण्डुकारले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण