फिल्म हिट भएपछि व्यस्त मिरुना
काठमाडौंँ । पछिल्लो समय हिट छिन् अभिनेत्री मिरुना मगर । फिल्म ‘कबड्डी ४’ र ‘जारी’ हिट भएपछि उनको ब्यस्तता समेत बढेको छ । अहिले उनलाई धमाधम नयाँ फिल्म हात परिरहेका छन् ।
जसको श्रेय ‘कबड्डी ४’ र ‘जारी’ लाई नै जान्छ । ‘लालपूर्जा’ बाट अभिनयमा डेब्यू गरेकी उनले त्यसपछि रोज, साइनो र चच हुई अभिनय गरिन् । सबै फिल्म फ्लप हुँदा उनको करियरमा नराम्रोसँग धक्का लाग्न पुग्यो ।
कतै फिल्मबाट पलायन पो हुनुपर्ने त होइन भन्ने डरका बीच ‘कबड्डी ४’ ले भने उनका लागि सफलताको खाता खोल्यो । त्यसपछि जारीको सफलताले उनी सबैको प्रशंसाको पात्र बनिन् ।
अहिले उनको हातमा फिल्मका ताती छन् । अघिल्लो महिना फिल्म ‘नाङ्गो गाउँ’ को छायांकन पूरा गरेकी उनी अब ‘ऊनको स्विटर’ छायांकन तयारीमा छिन् ।
त्यसपछि ‘एन्जिला’ छायांकन सेडुल बनाएकी उनीसँग अझै केही फिल्म छ । जसको सेडुल मिलाउन उनी लागि परेकी छन् । रोचक कुरा चाहिँ के छ भने अभिनेता दयाहाङ राईसँग फिल्म ‘कबड्डी ४’ र ‘जारी’ अभिनयपछि हिट हुन पाएकी उनीसँग अहिले जति पनि फिल्म छन् ।
सबैमा हिरो दयाहाङ छन् । त्यसैले दयाहाङ उनका लागि लक्कि हिरो समेत साबित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण