शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बाढी र पहिरोले जम्मु काश्मीरमा आठ जनाको मृत्यु

बिहीबार, ०४ साउन २०८०, ०७ : २८
बिहीबार, ०४ साउन २०८०

नयाँ दिल्ली । दक्षिण पश्चिम मनसुनका कारण लगातारको अविरल वर्षा र पहिरोले पहाडदेखि तराईसम्मको जनजीवन प्रभावित भएको छ ।

जम्मुमा भारी वर्षाका कारण आएको पहिरोले घर पुरिँदा ८ जनाको मृत्यु भएको छ । हिमाली क्षेत्रमा वर्षाका कारण दिल्लीमा यमुनाले फेरि खतराको निशान पार गरेको छ । हिमाचल प्रदेशदेखि उत्तराखण्ड, पश्चिम उत्तर प्रदेश, महाराष्ट्र, कोंकण र गुजरातसम्म भारी र भीषण वर्षाले जनधनको क्षति गरेको छ । हिमाचल–उत्तराखण्डमा झन्डै एक हजार सडक बन्द छन् ।

जम्मुको कठुआ तहसीलमा पहिरोका कारण दुर्घटना भएको हो । मृत्यु हुने सातै जना एकै परिवारका रहेको बताइएको छ । 

यसैबीच हिरानगर क्षेत्रको दयालाचक र चडवलबीचको तरनाह नालाको पुलमा दरार परेपछि जम्बु–पठानकोट राजमार्ग अनिश्चित कालका लागि बन्द भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप