बाढी र पहिरोले जम्मु काश्मीरमा आठ जनाको मृत्यु
बिहीबार, ०४ साउन २०८०, ०७ : २८
नयाँ दिल्ली । दक्षिण पश्चिम मनसुनका कारण लगातारको अविरल वर्षा र पहिरोले पहाडदेखि तराईसम्मको जनजीवन प्रभावित भएको छ ।
जम्मुमा भारी वर्षाका कारण आएको पहिरोले घर पुरिँदा ८ जनाको मृत्यु भएको छ । हिमाली क्षेत्रमा वर्षाका कारण दिल्लीमा यमुनाले फेरि खतराको निशान पार गरेको छ । हिमाचल प्रदेशदेखि उत्तराखण्ड, पश्चिम उत्तर प्रदेश, महाराष्ट्र, कोंकण र गुजरातसम्म भारी र भीषण वर्षाले जनधनको क्षति गरेको छ । हिमाचल–उत्तराखण्डमा झन्डै एक हजार सडक बन्द छन् ।
जम्मुको कठुआ तहसीलमा पहिरोका कारण दुर्घटना भएको हो । मृत्यु हुने सातै जना एकै परिवारका रहेको बताइएको छ ।
यसैबीच हिरानगर क्षेत्रको दयालाचक र चडवलबीचको तरनाह नालाको पुलमा दरार परेपछि जम्बु–पठानकोट राजमार्ग अनिश्चित कालका लागि बन्द भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण