रौतहटबाट वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढ्दै
रौतहट । देशमा बढ्दो बेरोजगारीका कारण रौतहटबाट वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढ्दै गएको छ। आर्थिक वर्ष २०७९–०८०मा जिल्ला प्रशासन कार्यालय रौतहटबाट झन्डै साढे १२ हजार युवाले राहदानी लिएका छन्। राहदानी लिन कुल १२ हजार सात सय ८४ जनाले फर्म भरेकोमा १२ हजार चार सय ५० जनाले लिएको सिडिओ धर्मेन्द्र कुमार मिश्रले बताए । राहदानी बनाउनेसँगै वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पनि बडेको मिश्रले बताए ।
सोही अवधिमा वंशजको आधारमा १२ हजार नौ सय ७४ तथा नौ सय नौ वैवाहिक अङ्गीकृत गरी कुल १३ हजार नौ सय ८३ जनाले नागरिकता लिएको तथ्याङ्कमा उल्लेख गरिएको छ।
उता गत आर्थिक वर्षमा २३ हजार पाँच सय छौ जनाले राष्ट्रिय परिचयपत्र लिएका छन् भने ८६ जनाले नाबालक परिचयपत्र लिएका छन्।
आर्थिक वर्ष २०७९-०८० मा प्रशासनिक तर्फ ३५ वटा नयाँ संस्था दर्ता, दुई सय ४१ नवीकरण, दुई हजार तीन सय पाँच जनाले मधेसी, दलित, जनजाति लगायतको सिफारिस र चार वटा नयाँ पत्रपत्रिका दर्ता भएको छ।
सोही अवधिमा जिल्ला प्रशासन कार्यालयमा कुल दुई सय ४७ सार्वजनिक अपराध तथा शान्ति सुरक्षा सम्बन्धी मुद्दा दर्ता भएकोमा एक सय ७१ मुद्दा फर्छौंट भइसकेको तथा ७६ मुद्दा कार्वाहीको प्रक्रियामा रहेको नायब सुब्बा रामनरेश साहले जानकारी दिएका छन्।
त्यसैगरी गत आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालय रौतहटले विभिन्न स्रोत बाट झन्डै सात करोड रुपैयाँ राजश्व सङ्कलन गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण