सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्कासन गर्ने
काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले फर्दर पब्लिक अफरिङ (एफपीओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ बराबरको ४६ हजार ७२९ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । संस्थाले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा एफपीओ जारी गर्न लागेको छ ।
जसका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिक्री प्रबन्धकमा नियुक्तको लागि भएको सम्झौतामा सूर्योदय वोमी लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोक्षप्रसाद पंगेनी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेको हुन् ।
लघुवित्तले ११ औं वार्षिक साधारणसभाले निर्णय गरेअनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर यस कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो । लघुवित्तमा हाल संस्थापक सेयरको हिस्सा ७०.३ प्रतिशत ६ र सर्वसाधारणको सेयर स्वामित्व २९.६४ प्रतिशत छ । लघुवित्तले सर्वसाधारणतर्फको हिस्सा ३० प्रतिशत पुर्याउनको लागि एफपीओ जारी गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण