प्रभु महालक्ष्मीको नेपालगन्ज, बर्दिबास, बुटवल र बाग्लुङमा अभिकर्ता मिलन समारोह सम्पन्न
काठमाडौँ । असार २९ गते एकीकृत कारोबार सम्पन्न गरेको प्रभु महालक्ष्मी लाइफ इन्योरेन्सले देशका विभिन्न थप सहरहरूमा अभिकर्ता मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
साउन ३ गते एकै दिन नेपालगन्ज, बर्दिबास (महोत्तरी), बुटवल र बाग्लुङमा कार्यक्रम सञ्चालन गरेको हो ।
मर्जरपछि व्यवसायको मुख्य अंग भएका अभिकर्ता फोर्सलाई एकीकृत गर्ने उद्देश्यले मर्जर लगतै देशैभरि अभिकर्ताहरुलाई खटाइएको थियो । साबिक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्ताहरुलाई मर्जर पछिको कम्पनीको अवस्था, एजेन्सी सिस्टम, इन्सेन्टिभ र प्रचलनमा ल्याइने पोलिसीहरु बारेमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षण पछि दुवै कम्पनीका अभिकर्ताहरुसँग छलफल तथा अन्तरक्रिया समेत गरिएको जनाइएको छ ।
प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम अन्तर्गत नेपालगंजमा किशोरा प्रसाद लामिछाने र रामेश्वर श्रेष्ठ, बुटवलमा प्रशान्त राज धमला र योगेन्द्र प्रसाद खतिवडा, बर्दिबासमा प्रयास श्रेष्ठ र सिताराम धिमाल तथा बाग्लुङमा कमल पन्थी र प्रभात श्रेष्ठले प्रशिक्षण दिएका थिए । उक्त सबै कार्यक्रममा १०० देखि २०० अभिकर्ताको सहभागिता रहेको इन्योरेन्सले जनाएको छ ।
कम्पनीले प्रशिक्षणलाई निरन्तरता दिने क्रममा आज ४ गते पोखरा र इटहरीमा तथा साउन ७ गते काठमाडौँ अभिकर्ता मिलन तथा प्रशिक्षण कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
-
चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
-
अमेरिकी प्रतिनिधिसभाद्वारा लेबनान युद्ध अधिकारसम्बन्धी प्रस्ताव अस्वीकृत
-
वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण