नेपाली नर्सलाई बेलायत पठाउन सफ्टवेयर लन्च, भोलिदेखि आवेदन दिन सकिने
काठमाडौँ । नेपाली नर्सलाई रोजगारीका लागि बेलायतमा पठाउन आवश्यक पर्ने सफ्टवेयर लन्च भएको छ । अनलाइन मार्फत आवेदन दिनका लागि आवश्यक पर्ने सफ्टवेयर आज (बिहीबार) सार्वजनिक गरिएको हो ।
वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले भोलि (बिहीबार)देखि सफ्टवेयर लन्च भएको र आवेदन शुक्रबारदेखि दिन सकिने बताए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई बेलायत पठाउन लागेको छ । त्यसका लागि शुक्रबारको गोरखापत्रमा सूचना जारी गरिने महानिर्देशक दाहालले बताए ।
अनलाइन मार्फत आवेदन आह्वान गर्दै विभागले सबै मनिटरिङ गर्नेछ । त्यसका लागि शुक्रबारदेखि अक्टोबर १९ तारिखसम्ममा आवेदन दिनुपर्नेछ । इच्छुक नर्सहरूले तीन महिनाभित्रमा https://ferms.dofe.gov.np मार्फत अनलाइन आवेदन दिन पाउने महानिर्देशक दाहालले बताए ।
नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता गरी नेपाली नर्सलाई बेलायत पठाउन लागिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण