शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली नर्सलाई बेलायत पठाउन सफ्टवेयर लन्च, भोलिदेखि आवेदन दिन सकिने

बिहीबार, ०४ साउन २०८०, २० : ००
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । नेपाली नर्सलाई रोजगारीका लागि बेलायतमा पठाउन आवश्यक पर्ने सफ्टवेयर लन्च भएको छ । अनलाइन मार्फत आवेदन दिनका लागि आवश्यक पर्ने सफ्टवेयर आज (बिहीबार) सार्वजनिक गरिएको हो । 

वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले भोलि (बिहीबार)देखि सफ्टवेयर लन्च भएको र आवेदन शुक्रबारदेखि दिन सकिने बताए । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई बेलायत पठाउन लागेको छ । त्यसका लागि शुक्रबारको गोरखापत्रमा सूचना जारी गरिने महानिर्देशक दाहालले बताए । 

अनलाइन मार्फत आवेदन आह्वान गर्दै विभागले सबै मनिटरिङ गर्नेछ । त्यसका लागि शुक्रबारदेखि अक्टोबर १९ तारिखसम्ममा आवेदन दिनुपर्नेछ । इच्छुक नर्सहरूले तीन महिनाभित्रमा https://ferms.dofe.gov.np मार्फत अनलाइन आवेदन दिन पाउने महानिर्देशक दाहालले बताए ।  

नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता गरी नेपाली नर्सलाई बेलायत पठाउन लागिएको हो ।

g

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप