देशमा सुशासन छैन, दण्डहीनताले सीमा नाघ्यो : नेता कोइराला
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन कायम हुन नसकेको बताएका छन् । बिहीबार ललितपुरमा आयोजित लाओस राईद्वारा लिखित पुस्तक राष्ट्रवाद की राष्ट्रप्रेम नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशमा दण्डहीनताले सीमा नाघेको बताए ।
नेता कोइरालाले राजनीतिक मुद्दा वा जुनसुकै मुद्दाहरूमा अदालतले निर्णय गरिसकेका मुद्दालाई राजनीतिक मुद्दा भनेर छुट दिने हो भने दण्डहीनताले सीमा नाघ्ने बताए । उनले देशमा अहिले राष्ट्रियताको आडमा लोकरिझाँई, लोकप्रियतावादीका रुपमा नेताहरुले आफूलाई स्थापित गरिरहेको बताए । उनले लोकरिझाईंको राजनीतिले देशलाई बिगारीसकेको बताए । उनले लोकरिझाँईको राजनीति भविष्यमा देशका लागि घातक हुने बताए ।
नेता कोइरालाले नेपालमा २०६२÷०६३ पछि नै दण्डहीनताका घटनाहरु बढ्दै गइरहेको उल्लेख गरे । नक्कली भुटानी शरणार्थी, ललिता, ओम्नी, वाइडबडी लगायतका अनियमितताका प्रकरणहरु निचोडमा नपु¥याएसम्म देशको स्थिति अफ्ठ्यारो रहने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण