सुन तस्कर आशंका गरिएका चिनियाँको गोदाममा राजश्वको छापा
काठमाडौँ । सुन तस्करको आशंका गरिएका चिनियाँ नागरिकको राजधानीस्थित गोदाममा राजश्व अनुसन्धान विभागको टेलीले छापा हानेको छ ।
चिनियाँ नागरिक लिङ चुवानको बालुवाटारस्थित कार्यालयमा राजश्वको टोलीले छापा हानेको हो । उनको गोदाम समेत भनिएको उक्त कार्यालयलाई शिलबन्दी गरेर अनुसन्धान सुरु गरिएको राजश्वका एक उच्च अधिकृतले बताए ।
ती अधिकारीले १०० किलो सुन तस्करीमा चिनियाँ नागरिक लिङको संलग्नता आशंका गरिएको छ ।
चीन भाग्न लागेका लिङ चुवानलाई बिहीबार नै विमानस्थल अध्यागमनबाट पक्राउ गरिएको थियो । विभागका महानिर्देशक झलकराम अधिकारीले राजश्वको पत्राचारका आधारमा उनलाई पक्राउ गरिएको बताए ।
‘चिनियाँ नागरिकबारे शंका लागेको हुनाले नियन्त्रण गरिदिन आग्रह भएको थियो’ महानिर्देशक अधिकारीले भने, ‘ती चिनियाँलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएका छौँ ।’
बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट करिब १ क्विन्टल सुन बरामद भएको थियो । सुन राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न प्रक्रिया थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण