उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट ६० प्रतिशत मुद्दा फर्स्यौट
बुटवल । उच्च अदालत तुल्सीपुर, बुटवल इजालसले आर्थिक वर्ष ०७९/०८० मा २ हजार ३४६ वटा मुद्दा फर्स्यौट गरेको छ ।
अदालतका रजिष्ट्रार अच्युत कुइकेलका अनुसार अघिल्लो आर्थिक वर्षबाट सरेर आएका एक हजार ६५३ वटा मुद्दा र नयाँ दर्ता भएका २ हजार १२२ गरी जम्मा ३ हजार ७७५ वटा मुद्दामध्ये २ हजार ३४६ वटा मुद्दा फर्स्यौट भएको हो । प्रतिशतको आधारमा ६० प्रतिशत मुद्दा फर्स्यौट भएको उनको भनाइ छ ।
अदालतले बिहीबार अदालत परिसरमा पत्रकार सम्मेलन गरी एक वर्ष कार्य प्रगति विवरण सार्वजनिक गरेको हो । गत आर्थिक वर्ष फर्स्यौट हुन बाँकी एक हजार ५४३ वटा मुद्दा चालु आर्थिक वर्षका लागि दायित्वका रुपमा सरेर आएको अदालतले जनाएको छ ।
गत आर्थिक वर्ष २ हजार ४५४ वटा मुद्दा फर्स्यौट गर्ने उच्च अदालत तुल्सीपुर, बुटवल इजालसको लक्ष्य थियो । तर सो लक्ष्य पूरा हुन नसकेको रजिष्ट्रार कुइकेलले बताए ।
पत्रकार सम्मेलनमा उच्च अदालत तुल्सीपुर, बुटवल इजालसका न्यायाधीश नित्यानन्द पाण्डेयले कार्यसम्पादनमा कमी नभए पनि प्रत्येक अदालतमा संख्यात्मक रुपले मुद्दा बढ्दै गएको बताए ।
उनले नयाँ शासन प्रणालीमा संघीय, प्रदेश र स्थानीय सरकारबीच काममा समस्या उत्पन्न हुँदा पनि मुद्दाको संख्या बढेको बताए ।
उच्च अदालत तुल्सीपुर, बुटवल इजालस अन्तर्गत रुपन्देहीमा ५७.८९ प्रतिशत, अर्घाखाँचीमा ४७.७० प्रतिशत, कपिलवस्तुमा ४४ प्रतिशत, गुल्मीमा ८०.८९ प्रतिशत, पाल्पामा ७२ प्रतिशत, नवलपरासीमा ५०.५२ प्रतिशत मुद्दा फर्स्यौट भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण