कामना सेवा विकास बैंकको १२.१२ सार्वजनिक
काठमाडौँ । कामना सेवा विकास बैंक लि.ले ग्राहकहरूको कर्जाको लागि नयाँ ब्याजदर १२.१२ प्रतिशत सार्वजनिक गरेको छ ।
बैंकले आवासीय घर निर्माणको लागि आवास कर्जा, साना तथा मझौला व्यवसाय अन्तर्गत सरल व्यापार कर्जा र विद्युतीय सवारी साधन खरिद गर्दा बैंकले १२.१२ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ ।
बैंकका अनुसार आवासीय घर निर्माणको लागि कर्जा लिँदा अधिकतम ३० वर्षको लागि डेढ करोड सीमा भित्र रहने गरी धितो मूल्याङ्कित रकमको ६० प्रतिशत सम्म कर्जा लिन पाइने व्यवस्था राखिएको छ भने सरल व्यापार कर्जामा धितो मूल्याङ्कित रकमको ८० प्रतिशत सम्म मासिक ब्याजमात्र तिर्ने वा मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी कर्जा उपलब्ध हुने वैंकले जनाएको छ ।
त्यस्तै गरी विद्युतीय सवारी साधन खरिदमा खरिद मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध हुने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहालले बताए । नायब प्रमुख कार्यकारी अधिकृत दाहालका अनुसार बैंकले प्रवाह गर्ने यस्ता कर्जाहरू सम्पूर्ण कागजात पेस गरेको ३ दिन भित्रै स्वीकृत गरिसक्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण