मणिपुरमा महिलामाथि भएको यौन उत्पीडनबारे अमेरिकाले के भन्यो ?
भारतमा तैनाथ अमेरिकी राजदूत एरिक गार्सेट्टीले केही घण्टाअघि मणिपुरमा महिलामाथि हुने यौन उत्पीडन बारे टिप्पणी गरेका छन् । गार्सेट्टीले अमेरिकी राजधानी वासिङ्टनमा दिएको यो वक्तव्यमा आफ्नो सहानुभूति भारतमा बस्ने जनतासँग रहेको बताएका छन् ।
मणिपुर मुद्दामा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै गार्सेट्टीले भने, ‘मैले भिडियो हेरेको छैन । मैले यसबारे पहिलो पटक सुन्दै छु । तर मैले अघि नै भनेँ, संसारको कुनै पनि ठाउँमा मानवीय त्रासदी हुँदा हामी दुखी हुन्छौँ ।’
समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै गार्सेट्टीले भने, ‘हाम्रो समवेदना भारतीय जनतासँग छ । तर यो भारतको आन्तरिक मामिला हो र हामी मानव जातिको हैसियतले यस्तो दुःख र पीडाप्रति आफ्नो समवेदना व्यक्त गर्दछौँ ।’
मणिपुरका महिलामाथि यौन दुर्व्यवहारको भिडियो गत बुधवार सामाजिक सञ्जालमा देखिएको थियो । यस भिडियोमा केही भीडले दुई महिलालाई यौन दुर्व्यवहार गरेको देखिन्छ ।
यस विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार बिहान आफ्नो मन क्रोधले भरिएको र मुटुमा पीडा रहेको बताएका थिए । प्रधानमन्त्री मोदीले अपराध गर्नेलाई नछोडिने बताएका थिए ।
त्यसयता अहिलेसम्म चार जना पक्राउ परेका छन् ।
मे ३ देखि मणिपुरमा मेइतेई र कुकी समुदायबीच जारी हिंसामा १ सय ६० जनाको ज्यान गएको छ भने हजारौँ घरबारविहीन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण