जङ्गली च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी
शुक्रबार, ०५ साउन २०८०, १६ : ०६
बैतडी । जङ्गली विषालु च्याउ खाँदा बैतडीमा पाँच जना सिकिस्त बिरामी भएका छन् । बिरामी पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–३ तडीगाउँमा ४८ वर्षीय टेकराज भट्ट, उहाँकी श्रीमती ३६ वर्षीया धैली भट्ट, छोरा दस वर्षीय भुवन, पाँच वर्षीय छोरा दशरथ र ७ वर्षीया छोरी शारदा रहेका छन् ।
स्थानीय जङ्गलबाट ल्याएको च्याउ खाएपछि पाँचै जना बिरामी भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । उनीहरुलाई उपचारका लागि स्थानीय वासुलिङ्ग स्वास्थ्यचौकी लगिएकामा त्यहाँ सम्भव नभएपछि डडेल्धुरा अस्पतालमा लगेर भर्ना गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण