जङ्गली च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी
शुक्रबार, ०५ साउन २०८०, १६ : ०६

बैतडी । जङ्गली विषालु च्याउ खाँदा बैतडीमा पाँच जना सिकिस्त बिरामी भएका छन् । बिरामी पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–३ तडीगाउँमा ४८ वर्षीय टेकराज भट्ट, उहाँकी श्रीमती ३६ वर्षीया धैली भट्ट, छोरा दस वर्षीय भुवन, पाँच वर्षीय छोरा दशरथ र ७ वर्षीया छोरी शारदा रहेका छन् ।
स्थानीय जङ्गलबाट ल्याएको च्याउ खाएपछि पाँचै जना बिरामी भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । उनीहरुलाई उपचारका लागि स्थानीय वासुलिङ्ग स्वास्थ्यचौकी लगिएकामा त्यहाँ सम्भव नभएपछि डडेल्धुरा अस्पतालमा लगेर भर्ना गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेट : वर्षा बाधक बन्दा हैदराबादको प्लेअफ सम्भावना समाप्त
-
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि धमाधम रुख कटान
-
रु एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
चक्रपथ दोस्रो खण्ड विस्तारमा अझै समय लाग्ने, सर्भे गर्दै चिनियाँ टोली
-
गर्मीमा कहिले र कसरी लगाउने सनस्क्रिन क्रिम ?