शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सुरक्षा पन्त ब्रान्ड एम्बेसडर नियुक्त

शुक्रबार, ०५ साउन २०८०, १६ : ११
शुक्रबार, ०५ साउन २०८०

काठमाडौँ ।  ब्यूटी एन्ड केयर ई-कमर्स प्लेटफर्म ForeverYNG ले अभिनेत्री सुरक्षा पन्तलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। यो सहकार्यले ब्रान्डको उल्लेखनीय उपलब्धि हासिल हुने विश्वास लिइएको छ । 

साथै यसले नयाँ ब्रान्ड पहिचान र सौन्दर्य उद्योगमा ForeverYNG को उपस्थिति विस्तार हुने ब्रान्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ForeverYNG का संस्थापक तथा सीईओ शक्ति थापा भन्छन्, "सुरक्षा पन्तलाई ForeverYNG परिवारमा स्वागत गर्न पाउँदा हामी निकै उत्साहित छौं । उनको असाधारण प्रतिभा, आफ्नो कामप्रतिको लगाव र साहसी व्यक्तित्व हाम्रो ब्रान्डको दर्शनसँग मिल्छ, जुन हाम्रो नयाँ लोगोमा पनि झल्किएको छ । सँगै मिलेर, हामी हाम्रो अभियान "I'm ForeverYNG" मार्फत प्रत्येक व्यक्तिलाई आफ्नो सुन्दरता र विशिष्टता अँगाल्न प्रेरित गर्ने लक्ष्य राखेका छौँ।"

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप