केन्द्रीय सदस्यहरुले जनस्तरमुखी कार्यक्रममा जोड दिनुपर्ने धारणा राख्नुभयो : मिन विश्वकर्मा
काठमाडौँ । नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले कांग्रेस केन्द्रीय समितिको बैठकमा अधिकांश सांसदहरुले पार्टी संगठनमा एकरुपता, पार्टी संगठनमा एकता र जनस्तरसम्म कार्यक्रम लैजाने गरीको कार्यक्रम पास गरेर अघि बढ्नुपर्ने धारणा राखेको बताएका छन् ।
शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको पाँचौ दिनको बैठकमा केन्द्रीय सदस्यहरुले यस्तो धारणा राखेको नेता विश्वकर्माले बताए । उनले आजको बैठकमा ३४ जना सदस्यहरुले बालेको र किसान, मजदुर र विभिन्न पेशा व्यवसायमा आबद्ध मानिसहरुलाई पनि कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले सम्बोधन गर्नुपर्ने धारणा राखेको बताए ।
बैठकपछि बोल्दै नेता गोपालमान श्रेष्ठले चुनावका कारण केन्द्रीय समितिको बैठक बस्न केही ढिलो भएको बताए । उनले पार्टीमा अब विवाद गर्नु नहुने बताउँदै सबैले मिलेर काम गर्नुपर्ने बताए ।
बैठकपछि बोल्दै पार्टीकी सहमहामन्त्री डिना उपाध्यायले महामन्त्री गगनकुमार थापाले ल्याएको कार्यक्रममा सबैलाई समेटेर अघि बढ्ने बताउनु भयो । उहाँले बैठकमा नेताहरुले दिएका सुझावलाई पनि आत्मसाथ गरेर पार्टीले सबै तहका नेता, कार्यकर्ताहरुको वितृष्णा सम्बोधन गर्नेगरी अघि बढ्ने बताए ।
बैठकपछि बोल्दै नेता आनन्द ढुंगानाले केन्द्रीय सदस्यहरुले पार्टीमा कसैलाई दबाब नदिएको बताए । उनले केन्द्रीय सदस्यहरुले राखेका सुझावलाई समेटेर महामन्त्री थापाले राखेको कार्यक्रम पारित हुने बताए ।
नेता ढुंगानाले पार्टीका केन्द्रीय सदस्यहरुका सुझावहरुलाई समेटेर जनस्तमुखी कार्यक्रममा जोड दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण