बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कामना सेवा विकास बैंकद्वारा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ट्राफिक कोन हस्तान्तरण

शुक्रबार, ०५ साउन २०८०, १९ : २७
शुक्रबार, ०५ साउन २०८०

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ट्राफिक कोन र सोमा जडान हुने रड हस्तान्तरण गरेको छ । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आयोजित हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले ट्राफिक प्रहरी कार्यालयका नायव प्रहरी महानिरीक्षक पोषराज पोखरेललाई २०० थान ट्राफिक कोन र १०० थान सोमा जडान हुने रड हस्तान्तरण गरेका हुन् । 

हस्तान्तरण कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत  दिनेश थकालीले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समाज/राष्ट्र निर्माणमा योगदान पु¥याउने महत्त्वपूर्ण भूमिकामा रहेको कार्यालयलाई ट्राफिक कोन र सोमा जडान हुने रड हस्तान्तरण गर्न पाउँदा गौरवान्वित महसुस हुनुका साथै उक्त ट्राफिक कोनहरुले काठमाडौँ महानगरको ट्राफिक व्यवस्थापन र नियन्त्रणमा सहयोग पुग्ने बैंकले विश्वास लिएको वताए । 

साथै, आगामी दिनहरुमा समेत सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

ट्राफिक कार्यालयका प्रमुख नायव प्रहरी महानिरीक्षक पोषराज पोखरेलले ट्राफिक कोन ट्राफिक अनुशासन र सभ्यता सिकाउने महत्त्वपूर्ण साधन भएकोले बैंकले जनसरोकारको यस क्षेत्रमा अमूल्य योगदान गरी निकै सराहनीय कार्य गरेकोमा बैंक परिवारप्रति धन्यवाद ज्ञापन गरे । 

उक्त कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्ट, बैंकका प्रमुख सञ्चालन अधिकृत विकास ढुङ्गाना, प्रहरी उपरीक्षक सन्तोष आचार्य लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप