४० वर्षअघि हराएको मूर्ति नेपाल फिर्ता
लन्डन। करिब चार दशक अघि नेपालबाट हराएको एउटा सांस्कृतिक कलाकृति बेलायतकै एक मूर्ति संग्रहकर्ताले फिर्ता गरेको छ। एघारौं शताब्दीमा निर्मित खरानी रङको चून ढुङ्गाको सूर्य मूर्ति लन्डनस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरिएको हो ।
सो मूर्तिलाई बिहीबार नेपाल पठाएको दूतावासले जनाएको छ । सन् १९८५ मा पाटनबाट हराएको उक्त मूर्ति कलाकार लैनसिंह बाङ्देलको पुस्तक ’स्टोलन इमेजेज् अफ नेपाल’ मा सूचीबद्ध छ ।
मूर्ति ७९ सेमी उचाई, ४९ सेन्टिमिटर लम्बाइ र १५ सेमी चौडाइ रहेको यस मूर्तिको तौल ४१ केजी छ। फिर्ता गरिएको मूर्ति पुरातत्व विभागमार्फत् पुरानै स्थानमा पुनर्स्थापना गरिने दूतावासले जनाएको छ।
सांस्कृतिक सम्पादाको स्वदेश फिर्ताले हराएका सांस्कृतिक सम्पदाहरुको पुनःर्स्थापना गर्ने नेपालको प्रयासमा सकारात्मक योगदान पुर्याएको दूतावासको विश्वास छ। दूतावासले यसभन्दा अगाडि पनि हराएका मूर्तिहरू नेपाल पठाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण